आफूलाई बलात्कार गर्नेलाई अगाडि राखेर ४ घण्टासम्म कुरा गरिन् अनि माफी दिइन् वा शाहासी नारि। …

स्थानीय मिडिया रिपोर्टअनुसार मार्लीले २०१९ मा आफूलाई बलात्कार गर्ने व्यक्तिको करिब ४ घण्टा सामना गरेकी थिइन् । उनले बलात्कारीलाई माफी दिएकी थिइन्। त्यहाँको नियमअनुसार यसरी माफी दिने प्रक्रियालाई रेस्टोरेटिभ जस्टिस प्रोसेस भनिन्छ ।

मार्लीले तीतो अतित बिर्सिएर अगाडि बढ्नु जरुरी भएकोले बलात्कारीलाई माफी दिएको बताएकी थिइन् । उनले त्यतिबेलादेखि नै यौन हिंसाको शिकार भएका महिलाहरुलाई सहयोग गर्दै आएकी छिन् ।

सीटिभीन्यूजसँग टेलिफोन कुराकानीमा उनले भनिन् ‘मैले अहिलेसम्म करिब ४० महिलाको साथमा काम गर्ने सौभाग्य पाएकी छु । हिंसापीडित महिलासँग हामीले उनीहरुको उपचार, लज्जाबोध, आफ्नो शरीरलाई माया गर्ने र पितृसत्तात्मक व्यवस्थालाई उजागर गर्नेजस्ता काम गर्छौं ।’

मार्लीले अदालतको प्रक्रिया हिंसाजत्तिकै पीडादायी हुने बताउँदै वकिलले दोषीको पक्षमा वकालत गर्दा आफूलाई हिंसा पीडित भएको महसुस हुने बताइन् । मार्लीका अनुसार उनी केवल यत्ति जान्न चाहन्थिन् कि बलात्कारीले उनीसँग यस्तो किन गरे ?

दोषीले अहिले के गरिरहेका छन् भन्ने जान्न पाउने अधिकार उनीसँग भएको भए पनि उनी यो जान्न चाहन्निन् । दोषीको बारेमा सोच्दा पुरानो घाउ ताजा हुने भएकोले आफूले जान्न नचाहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस