चन्द्रमामा भेटियो एलियन सैनिक ट्यांक, पृथ्वीमा हमला गर्न सक्ने वैज्ञानिकहरुको आशंका

एजेन्सी । एलियनको बारेमा वषौँदेखि नयाँ तथ्य खोजीरहेको नासाले चन्द्रमामा सैनिक ट्यांक पत्ता लगाएको छ ।जलाई एलियन आर्मीको ट्यांक भन्दै नासाले ब्याख्या गरेको छ । सामाजिक सञ्जालमा निकै चर्चा पाएको नासाद्धारा सार्वजनिक तस्विरमा चन्द्रमामा रहेको एलियन सैनिक ट्यांक प्रष्ट देख्न सकिन्छ ।

युएफओ विषेशज्ञका अनुसार एलिएनले चन्द्रमाबाट पृथ्वीमा हमला त गर्दैनन् भन्ने शंका समेत वैज्ञानिकहरुले गरेका छन् । यस विषयमा वैज्ञानिकहरुले थप अनुसन्धान सुरु गरेका छन् ।

यो पनिपढ़नु होस:क्यामेरासामु उभिँदासम्म मैले मास्क लगाइनै रहेकी थिएँ , म मास्क खोल्न लगाउने अनुरोधको प्रतीक्षामा थिएँ तर….
एजेन्सी । अमेरिकाको क्यालिफोर्निया निवासी लेस्ली पिल्ग्रीमामक एक महिलाले सवारी चालक परिचय पत्र बनाउन स्थानीय सवारी साधन विभाग (डीएमभी)मा सम्पर्क राखिन् ।

तर सो विभागले आफ्नो मास्क लगाएको तस्वीरसहितको परिचयपत्र पठाइदिँदा उनी छक्क परेकी छन् । हन्टिङटनबिच निवासी उनले फोक्स ११ लसएन्जेल्सलाई बताएकी छन्– ‘म सवारी विभागमा मास्क लगाएर पुगेकी थिएँ ।

म लाइनमा सबैभन्दा अगाडि थिएँ । क्यामेरासामु उभिँदासम्म मैले मास्क लगाइनै रहेकी थिएँ । म मास्क खोल्न लगाउने अनुरोधको प्रतीक्षामा थिएँ । कसैले केही पनि भनेनन् । बरु मैले क्यामेरामा हेर्नुस् भन्ने आवाज सुनें । त्यसपछि क्लिक आवाज सुनियो ।

मैले मास्क लगाइएकै अवस्थामा मेरो तस्वीर खिचिसकेको चाल पाएँ ।’तर केही समयपछि तस्वीर खिच्ने कर्मचारीले गल्ती महसुस गरे। उनले पिल्ग्रीमलाई मास्क खोल्न लगाएर अर्को तस्वीर खिचे । केही दिनपछि उनको मेलमा उनको ३५ अमेरिकी डलर पर्ने सवारी चालक परिचयपत्र आइपुग्यो ।

तर त्यसमा उनको खरानी रंगको तस्वीर मास्क लगाइएको तस्वीर थियो । आफ्नो आँखा, आँखीभौं र निधार, केश र घाँटी मात्र देखिने तस्वीर देखेर निकै हाँसो उठेको उनले बताएकी छन् । हुनत कोभिड १९ को महामारीको कारण सबैले सामन्यतया जहाँ पनि मास्क लगाउने गरेका छन् ।

डीएमभीले अहिलेसम्म यही एउटै मात्र त्रुटिपूर्ण घटना भएको स्विकारेको छ । डीएमभीले पुनः उनीसँग भेटेर नयाँ तस्वीर खिचाउने काम भइसकेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस