आफ्नो साइकलले चल्ला किचेपछी चल्ला र पैसा बोकेर अस्पताल पुगेका बालक भए सम्मानित , सबैलाई भावुक बनाउने यो तस्वीर बन्यो भाइरल

एजेन्सी – अहिले सामाजिक सञ्जालमा चल्लालाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका बालक निकै भाइरल भइरहेका बालक सम्मानित भएका छन् । छन् । चल्लालाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका ती बालकको कामले धेरैलाई भावुक बनाएको थियो। ती बालकले चल्ला बोकेर अस्पताल पुगेको विषय अहिले निकै चर्चा भइरहेको छ ।उनले गरेको कामको प्रशंसासहित उनको फोटो भाइरल भएपछि उनी पढ्ने विद्यालयले उनलाई सम्मान गरेको बताइएको छ ।

भारत मिजोरम राज्यका ती बालकले आफ्नो साइकलले दुर्घटनाबस छिमेकीको कुखुराको एउटा चल्ला किचेपछी उनी दुखि हुदै चल्ला र पैसा बोकेर अस्पताल पुगेका थिए । उक्त तस्बिर अहिले भाइरल भए सँगै ती बालक सम्मानित भएका हुन् । उनको पेजबाट मात्रै ति बालकको तस्वीर ८७ हजार पटक भन्दा बढि शेयर भएको थियो ।

उनी सैराङ्गमा रहेको सेन्ट पियो स्कुल साईराङ्गमा कक्षा १ मा पढ्छन् । कुलको सम्मानसहीत तवल्लोह पुआन अवार्ड प्रदान गरिएको छ ।आफूसँग भएको १० रुपैयाँ र चल्ला बोकेर उनी नजिकैको प्राथमिक उपचार केन्द्रमा चल्लाको उपचारका लागि पुगेका बालकको कामले सबैलाई भाबुक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस