तीन वर्षदेखि हराएका श्रीमान टिकटकमा भेटिएपछि…

काठमाडौं । भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा भेटेकी छिन् । टिकटकमा भेटेपछि दुईको पुनर्मिलन भएको बताइएको छ ।

पति हराएको निवेदन दर्ता गर्दा पनि उनका पतिलाई पत्ता लगाउन सकेको थिएन । ती पुरुष सन् २०१६ मा भागेर तेस्रोलि’ङ्गी महिलासँगको सम्बन्धमा रहेको बीबीसीलाई पुलिसले जनाएको छ ।

पत्नीका एकजना नातेदारले ती पुरुषलाई टिकटक भिडियोमा तेस्रोलि’ङ्गीसँग देखेपछि प्रहरीले खोजी सुरु थालेको थियो । महिला बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा पुलिसले उक्त पुरुषलाई भेटाएका हुन् ।

जिल्लाको तेस्रोलि’ङ्गी सङ्गठनमा स’म्पर्क गरेपछि भिडियोमा देखिएको तेस्रोलि’ङ्गी महिलाको पहिचान गर्न सहयोग पाएको पुलिसले बीबीसी तमिललाई बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस