पोखरामा १४ वर्षीया अबिबाहित बालिकाले बच्चा जन्माएपछि दिएको बयानले प्रहरी नै चकित !

पेट दुख्यो भनेपछि बाबुआमाले १४ वर्षकी छोरीलाई अस्पताल पुर्याए । चिकित्सकले परीक्षण गर्ने क्रममा उनी गर्भवती भएर बच्चा जन्माउने अवस्थामा पुगेको भनेपछि ।अभिभावक छाँगाबाट खसेजस्तै भए । बा’लिकाले अस्पतालमै शिशु जन्माइन् । बुझ्दै जाँदा पत्ता लाग्यो, बा’लिकालाई गर्भवती बनाउने अरू कोही नभएर ।आफ्नै काका (२१ वर्ष) रहेछन् । सर्लाहीको उक्त परिवार पोखरामा दैनिक ज्याला मजदुरी गर्दै आएको थियो । दाजु–भाउजूकोमा बस्न आएका ती युवाले भतिजीलाई क’र’णी गरेको खुलेको हो ।

बा’लिका कहिलेकाहीं विद्यालय जाने गरे पनि प्रायः बाबु आमासँगै मजदुरी गर्थिन् । प्रहरीका अनुसार गत मंसिरको पहिलो साता ती युवा पोखरा आएका थिए ।पुस २ को राति साढे ९ बजेतिर कोठामा कोही नभएको मौका छोपेर काकाले भतिजीलाई क’र’णी गरेको खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।करिब एक महिना बसेर काका सर्लाही नै फर्किएछन्  बा’लिका ले आफूमाथि भएको घटनाबारे कसैलाई पनि भनिनछिन् । बाबुआमाले पनि थाहा पाएनछन्, ।उनले भने, ‘बा’लिकाको पेट बढेको खासै वास्ता नभएको र यसलाई लिएर कुनै शंका गर्ने कुरा पनि नभएको अभिभावकले बताएका छन् ।’भदौ २८ मा बा’लिका पोखराकै एक अस्पतालमा सामान्य सुत्केरी भएकी थिइन् । बच्चा जन्मिएपछि मात्र घटना सार्वजनिक भएको हो ।

पीडित परिवारले गत भदौ २९ मा कास्की प्रहरीमा कानून अुनसार उजुरी दिएको छ । आरोपित युवालाई कास्की प्रहरीले सर्लाही प्रहरीको समन्वयमा आइतबार पक्राउ गरेर ल्याएको छ ।उनलाई कानून अनुसारको कसुरमा जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको हमालले बताए ।मुलुकी अ’पराध संहिता २०७४ को दफा २१९ उपदफा ३ ‘ग’ अनुसार १४ देखि १६ वर्ष उमेर समूहकी बा’लिकामाथी क’र’णी भ’एमा १२ देखि १४ वर्षसम्मको ।कैदको व्यवस्था छ ।हा’ड’ना’ताभि’त्र क’र’णी ग’र्नेलाई थप ३ देखि ६ वर्षसम्मको कैद हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले बताए ।बा’लिका र शिशुलाई पोखराकै एक संरक्षण केन्द्रमा राखिएको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस