एउटा परेवा को मुल्य १९ लाख अमेरिकन डलर

सामान्य मानिसहरुको अनुमानविपरित एक चिनियाँ व्यापारीले कल्पनै गर्न नसकिने मूल्यमा एउटा परेवा खरिद गरेका छन् । बेल्जियमको एउटा रेसिङ परेवालाई एक चिनियाँ व्यापारीले १६ लाख युरो अर्थात् १९ लाख अमेरिकन डलरमा खरिद गरेका हुन् ।

परेवा उडाउने प्रतिस्पर्धामा सहभागी उक्त परेवालाई ती व्यापारीले अहिलेसम्मकै उच्च मूल्यमा खरिद गरेका हुन् । न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा मात्र २०० युरोमा बोलकबोलका लागि राखिएको थियो । रोयटर्सका अनुसार उक्त परेवा पाल्ने कर्ट भान् ड वीवको परिवार उक्त समाचारले आश्चर्यचकित भएको छ ।

यसअघि एउटा चार वर्षको भाले परेवाले रेसिङ परेवाले मूल्यमा कीर्तिमान् राख्दै १२ लाख ५० हजार युरोमा बिक्री भएको थियो । कीर्तिमानी मूल्य पाएको परेवाले सन् २०१८ मा राष्ट्रिय मध्यम-दूरी रेससहित कैयौँ प्रतिस्पर्धाहरू जितिसकेको छ । चीनमा पछिल्ला वर्षहरूमा परेवा रेसले लोकप्रियता कमाइ रहेको छ। स्रोत: साझा पोस्ट

पत्रकार ऋषि धमलाले हिरोइनहरुको व्यक्तिगत कुरालाई लिएर अन्तर्वार्तामा सधैँजसो चासो दिने गर्छन् । उनै धमलाको श्रीमति पनि कलाकार हुन् । एलिजा गौतमसँग वैवाहिक जिवनमा बाँधिएका धमलाले आफ्नो श्रीमतिले एक फिल्मलाई दिएको बे डसि न देखेर रि सा एका छन् । धमलाले एक अन्तर्वार्तामा पत्रकारसँग रि साउँ दै कलाकारले बे डसि न दिनु सामान्य भएको बताएका छन् ।

के भन्छन् धमला ?: प्रायः नेताहरुका अघिपछि दौ डिरहने पत्रकार ऋषि धमलालाई फिल्मप्रति खासै ल गाव थिएन । तर, श्रीमतीले नै रहर गरेपछि के लाग्यो ? श्रीमती एलिजा गौतमको रहर पुरा गर्न ऋषिले ‘अनुराग’ फिल्म निर्माण गर्दैछन् । डेढ करोडमा बन्न लागेको फिल्ममा ऋषिका साथै उनकी क्यानाडामा बस्ने सासुको पनि लगानी रहेको छ । ‘कान्छादाई गाना बजाइदेउन‘’ बोलको डान्सिङ गीतमा एलिजा ह ट अवतारमा देखिन्छिन् ।

यस्तो लाग्दैन कि उनी दुई बच्चाकी आमा हुन् । उनलाई कार्टुन्ज क्रुका सरोज अधिकारीले साथ दिएका छन् । गीतले अहिलेसम्म लाखौँ भ्यूज पाएको छ । गीतको मेलोडी रुचाइएको छ भने सरोजको डान्सको धेरैले प्रशंसा गरेका छन् । एलिजालाई भने मिश्रित प्रतिक्रिया आएको छ । केहीले उनको मिहिनेतको सह्राहना गरेका छन् भने धेरैले उनी हिरोइन बन्न योग्य नभएको टि प्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस