भुलेर पनि यी ३ चिज दान, उपहार र सापटी दिँदै नदिनुहोस्, नत्र…

काठमाडौँ ।दान दिनु आफैंमा उत्तम कार्य हो । शास्त्रले पनि दान दिनु पुण्यको काम हो भनेको छ । दान दिँदा के दिने के, नदिने यसबारे भने जान्नैपर्ने हुन्छ।

किनभने केहि यस्ता पनि चिज छन् जुन दान दिन अशुभ मानिन्छ । आज हामी दानमा दिन नहुने चिजबारे तपाइहरुलाई जानकारी दिन गइरहेका छौं ।

चाणक्य नीति अनुसारका तल उल्लेखित ३ चिज दान, उपहार र सापटी दिँदै नदिनुस्:

१) स्वंयबरको औंठी

स्वंयबरको औंठी भुलेर पनि अरुलाई नदिनुहोला अर्थात् दान नदिनुहोला । स्वंयबरको औंठी माया र प्रेमको निसानी वा माया र प्रेमको उपहार हो, यसले जीवनमा ठुलो महत्व राख्दछ, स्वंयबरको औंठी कोहि कसैलाई दान, उपहार र सापटीमा नदिनुहोला ।

२) घडी

घडीले तपाईको समय बताउँछ । राम्रो या खराब समय घडी र तपाईको प रिस्थितिले जनाउँछ । घडी जुन व्यक्तिले सधैँ प्रयोग गर्ने गर्छ त्यहि व्यक्तिप्रति निर्भर रहेको हुन्छ । अरु कसैको घडी तपाईको नाडीमा बाध्नु भनेको तपाईको जीवनमा असर गर्नु हो।

जसको कारण तपाईले आर्थिक नोक्सानी भोग्नुपर्ने हुन्छ । त्यसैगरी साथीभाई या कोहि आफन्तले तपाईको हातमा लगाइराखेको घडी एकछिन वा एकदुई दिन मागेमा दिने काम नगर्नुहोला ।

अर्को कुरा अरुको हातको घडी पनि तपाईले नबाध्नु होला । यस्तै उपहार या दानमा पनि घडी दिनु राम्रो होइन । धेरैको बानी हुन्छ उपहारमा घडी दिने ।

अझ विदेशबाट आउनेले त प्रायजसो घडी नै उपहारमा दिने गर्छन् । तर त्यसो गर्नु नराम्रो हुने चाणक्य नीतिमा उल्लेख गरिएको छ ।

३) पैसा

धन लक्ष्मीको कृपा हो । तर धनले कोही कसैलाई आफ्नो बनाउँन सकिदैन । उदाहरणका लागि तपाईले कसैलाई तलब दिएर राख्नुभएको छ र केहि दिन ढिला भयो भने तपाईमाथि प्रश्नचिन्ह खडा भैहाल्छ । अनि धनले कसरी आफ्नो बनाउँन सकिन्छ रुशास्त्रका अनुसार धन सबैभन्दा ठुलो शत्रु हो।

धनकै कारण कति अपराधिक घटना घट्ने गरेको समाचार बेलाबेला आइरहन्छ । अझ आफन्तसँग त झन् पैसाको लेनदेन गर्नै हुँदैन । धनकै कारण सम्बन्ध तोडिन पनि सक्छ।

हामीले कसैलाई दान गर्दा पैसाको सट्टा अरुनै चिज दिँदा राम्रो हुन्छ । त्यस्तै सापटीमा पनि सकभर पैसा नदिएकै राम्रो हुने वा नलिएकै राम्रो । किनभने पैसा सापटी लिएकै दिन त्यो मान्छेको नजरमा तपाई गिर्नुहुन्छ या लिने मान्छे गिर्छ।

प्रतिक्रिया दिनुहोस