आफै बढ्छन यहाँका ढुङ्गा, जसलाई देखेर भूगोल विद् समेत बनेका छन् चकित

एजेन्सी । ढुङ्गा निर्जिब हुन्छ । त्यसको आकारमा कुनै परिवर्तन हुँदैन् भन्ने कुरा हामीले विज्ञानमा पढ्दै आएका छौँ । तर विज्ञानको यस्तो भनाइलाई चुनौती दिएका छन्, रोमानियाका ढुङ्गाले।

रोमानियाको एक सानो गाउँमा ढुङ्गाको आकारमा परिवर्तन देखिदै आएको छ। त्यहाँका मानिसले उक्त ढुङ्गालाई ‘जिउँदो ढुङ्गा’को नाम दिएका छन्। त्यहाँका ढुङ्गाले निकै चाडो आफ्नो आकार बदल्दै आएका छन्। यस बारेमा भूगोल विद्ले अनुसन्धान गर्न सुरु गरिसकेका छन्।

त्यहाँका स्थानीय वासिन्दाका अनुसार पानीसँग सम्पर्क हुने वित्तिकै ती ढुङ्गाको आकारमा परिवर्तण आउने गर्दछ।

विज्ञानको एक सिद्धान्त अनुसार पानीका कारण ढुङ्गा केही मिटर बढ्छ तब ढुङ्गामा रहेको मिनरल सोल्टको अत्यधिक मात्रा पनि अत्यधिक हुन्छ। तर यो कुराको अहिलेसम्म पुष्टी हुन सकेको छैन्।

प्रतिक्रिया दिनुहोस