१२ बर्षिया छोरीले आमा मेरो महिनावारी किन रोकियो भनेर अस्पतालमा गएर स्वास्थ्य परिक्षण गर्दा……

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई कर णी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ ।

दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डा. अहिले नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले कर णीमा परेकाको स्वास्थ्य अवस्थाबारे हेर्न तालिम नलिएकाले बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौलीस्थित तनहूँ जिल्ला अस्पतालमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ओमप्रकाश पुनका अनुसार किशोरलाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

किशोरीको महिनावारी रोकिएपछि आमाले सोधेपछि नातामा दाई पर्नेले कर णी गरेको जानकारी दिएकी थिइन् घटनावारे परिवारका सदस्यले जानकारी पाए लगत्तै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार गत माघ महिनामा युवाले पटक–पटक कर णी गरेका थिए ।

यस घटनामा संलग्न युवाकी बहिनी र पिडित बालिका साथी हुन् संगै पढने र टिकटक बनाउन भन्दै पिडित बालिका युवाको घरमा जाने गरेकी थिइन् ।

प्रहरीका अनुसार घरमा कोही नभएको मौका पारेर किशोरले आफ्नै घर आएकी किशोरीलाई पटक–पटक कर णी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सो घट्नाको अनुसन्धान गरी युवाविरुद्ध कर णीको अभियोगमा मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस