वास्तु टिप्स : पर्समा राखिएका यी चीजहरूलाई तुरुन्तै हटाउनुहोस्, नत्र हुन्छ धन हानि

काठमाडौँ। पर्स एक यस्तो छरितो र सजिलो चिज हो । जसलाई प्रायः सबैले आफ्ना महत्वपूर्ण कागजात देखि लिएर पैसा राख्न प्रयोग गर्ने गर्छन् । पर्समा पैसा वाहेक अन्य महत्त्वपूर्ण चीजहरू राख्दा कहिले कहिँ नकारात्मक शक्तिले वास गर्ने वास्तु नियममा उल्लेख गरिएको छ।

वास्तुशास्त्रकाअनुसार पर्समा केही यस्ता चीजहरु छन्, जसलाई राख्दा अशुभ हुन्छ। जसका कारण पर्समा पैसा नटिक्ने वा खर्च भइहाल्ने समस्या उत्पन्न हुन्छ । वास्तु नियमानुसार यस्ता चिजलाई तत्काल पर्सबाट हटाउनु पर्ने विश्वास रही आएको छ।

पर्समा के राख्नु हुँदैन

१. चावी वा साँचो – अधिकांश व्यक्तिहरु आफ्नो पर्समा साँचो राख्छन्। तर वास्तु शास्त्रका अनुसार पर्समा साँचो राख्नु शुभ मानिदैन। पर्समा कुनै पनि प्रकारको धातुले नकारात्मक ऊर्जालाई आकर्षित गर्छ र यसले धन हानि हुने प्रवल सम्भावना बढेर जाने मान्यता छ।

२. मृत परिवारजनको फोटो – पर्सको मुख्य काम भनेको पैसा राख्नु हो। र यसलाई देवी लक्ष्मीको वासस्थान पनि भनिन्छ। यस्तो अवस्थामा मृत परिवारजन वा कोही मृतकको तस्बिर राख्नु भनेको अशुभ मानिन्छ। त्यसैले, आफ्नो पर्सबाट मृत व्यक्तिको फोटोलाई तुरुन्तै हटाउनुहोस्। पर्समा यस्ता चीजहरूले नकारात्मक उर्जा निम्त्याउँछ।

३. रसिद– वास्तुकाअनुसार पुराना रसिदहरू पर्समा राख्नुलाई अशुभ मानिन्छ। यस्ता पुराना कागजातले पैसालाई पर्समा टिक्न दिँदैन। देवी लक्ष्मीलाई पनि पुराना र फोहोर ठाउँ मन नपर्ने धार्मिक विश्वास रहेको छ। त्यसैले कुनै पनि बेकार कागजात पर्समा नराख्नुहोस् ।

४. च्यातिएका पैसा – वास्तुकाअनुसार पर्समा राखिएका नोटहरू देवी लक्ष्मीलाई प्रतिनिधित्व गर्दछ। यस्ता नोट वा पैसा कहिँ कतै प्रयोगमा आउँदैन। जसकारण यस्ता च्यातिएका पैसाहरुलाई जति सक्दो पर्सबाट निकालेको राम्रो मानिन्छ। यस्ता चिजले नकारात्मकतालाई बढावा दिन्छ।

५. देवीदेवताहरूको तस्बिर – प्रायःजसो मानिसहरुले पर्समा देवीदेवताहरूको तस्वीरहरु राख्ने गर्छन्। तर वास्तुको नियमअनुसार त्यस्ता तस्बिरहरु पर्समा राख्नु हुँदैन। पर्समा भगवानका यन्त्रहरु राख्न सकिन्छ । तर देवीदेवताहरूको तस्बिर राख्नु नहुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस