लगातार बढेको सुनको भाउ आज मङ्गलबार भने यो अबस्थामा बसेको छ हेर्नु होस मुल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।यसैबीच मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रु ५ बढेको छ। सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार रु ५ बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

हाम्रै कारणले हराउँदैछन हाम्रो घर आँगनमा खेल्ने भँगेरा !
मान्छेका घर आँगनमा देखिने भँगेराका झुण्ड हिजो-आज देख्न मुश्किल पर्ने गरेको छ। विहान–बेलुका चारो खान होस् वा घर वरीपरि चिरबिर गर्दै यताउता गरिरहने चरा भँगेरो घट्दै गएको महशुस धेरैले गरेका छन्। ‘पहिले–पहिले आँगनभरी भँगेरा चारो खान आउँथे, ललितपुर गोदावरी नगरपालिका–४ की ७२ वर्षीया काली आचार्यले पुराना दिन सम्झँदै भनिन्, ‘हामी आँगनमा चामल केलाएर बाँकी रहेका कनिका छर्थ्याैं, त्यसपछि भँगेरा आँगनभरी हुन्थे।’

बासस्थानको अभावले गर्दा पनि भँगेराको संख्या घटेको कतिपयको अनुमान छ । ‘विशेषगरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालमा गुँड बनाई बस्ने गरेको भँगेरा पछिल्लो समय मानिसले बनाएका घरका स्वरुप परिवर्तन हुनाले पनि घटेका छन्।’ ललितपुरको गोदावरी-५ का ९५ वर्षीय भुना सिलवालले भने, ‘पहिले–पहिले घरहरुमा खटप्वाल तथा अन्य प्वालहरू हुन्थे तर अहिले सिमेन्टका घरमा त्यस्ता केहि देखिन्न।

प्रतिक्रिया दिनुहोस