घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

काठमाडौँ ।प्राय सबै हिन्दुंहरुको घरमा तुलसीको मठ राखिएकै हुन्छ । तर तुलसीको मठ राख्दा कुन दिशाामा राख्ने भन्ने थाहा नहुँदा घरमा त्यसले नकारात्मक फल पनि दिएको हुनसक्छ ।

वास्तु अनुसार तुलसीको बिरुवा भूलेर पनि दक्षिण दिशामा रोप्नु हुँदैन । पूर्वी दिशा तथा एकान्त ठाउँमा तुलसी रोप्नु वास्तु अनुसार सबैभन्दा उत्तम मानिन्छ।

घरमा तुलसीको बिरुवा छ भने यसले समस्या आउनु अगाडिनै सचेत गराउँछ । यदि तपाईको घरमा विपत्ति आउँदै छ भने घरमा रहेको तुलसीको बिरुवा सुक्न थाल्छ या रंग परिवर्तन भएजस्तो देखिन्छ ।

यदि तपाईमा ग्रहको कुनै अशुभ प्रभाव पर्नेवाला छ भने तुलसीको रंग परिवर्तन हुन थाल्दछ । सबै ग्रहको शुभ र अशुभ प्रभाव पुर्याउने काम बुध ग्रहले गर्दछ । उसको प्रभाव हरेक रंगमा हुन्छ । त्यसैले तपाईमा कुनै विपत्ति आउने वाला छ भने तुलसीको विरुवा सुक्दछ भने शुभ प्रभाव भएमा तुलसी हरियो हराभरा हुने गर्दछ।

तुलसीका चमत्कारिक उपाय

यदि तपाईका सन्तान तपाईले भनेको मान्दैनन् भने तुलसीको बिरुवा पुर्वी दिशामा रोप्नु पर्दछ । सोही तुलसीका ३ पात कुनैपनि तरिकाले खुवाएमा चमत्कारिक बद्लाव देखिन्छ। जसका कारण तपाईका सन्तान तपाईले भनेको मान्न थाल्दछन् । ध्यान दिनुहोस् मंगलबार र आईतबार भने तुलसीको पात टिप्नु राम्रो हुँदैन।

छोरीको विवाह हुन कठिन भएको छ भने विवाहयोग्य छोरीलाई दैनिक रुपमा तुलसीको विरुवामा जल चढाएर ५ पटकमा परिक्रमा गरेमा यो समस्या टाढा हुने गर्दछ । श्रद्धा एवं विश्वासका साथ यो उपाय अपनाउनाले तुलसीको कृपा प्राप्त हुने र शिघ्र विवाह सम्पन हुने विश्वास रहँदै आएको छ।

कारोबारमा मन्दी लागेको छ भने तुलसीको बिरुवा पश्चिम दिशामा राख्नु पर्दछ । सोही तुलसीको बिरुवामा प्रत्येक दिन बिहान गाईको काँचो दुध मिठाई चढाउने गरेमा व्यापार चम्किन थाल्दछ ।

घरमा कुनै प्रकारको वास्तु दोषबाट ग्रसित छ भने तुलसीको बिरुवा रोपेर पञ्चामृत चढाउँदै दैनिक रुपमा पूजाआजा गर्दा वास्तुदोष हटेर जान्छ ।

प्रतिक्रिया दिनुहोस