पतिको पार्थिक शरीरलाई अँगालो हाल्दै भक्कानिइन् अभिनेता चिरञ्जिवीकी गर्भवती पत्नी

काठमाडौँ । आइतबार दिउँसो हृदयघातबाट निधन भएका साउथ इण्डियनका चर्चित अभिनेता चिरञ्जीवी सरजाको अन्तेष्टि गरिएको छ। उनको अन्तिम संस्कार सोमबार बेंगलुरुको कनकपुरास्थित उनको फार्महाउसमा गरियो । अन्तिम संस्कारका केही तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। जसमा सरजाकी श्रीमती मेघनाले उनलाई अन्तिम विदा गरिरहेको देख्न सकिन्छ।

पूजा पाठपछि सरजाको पार्थिक शरीरलाई गाड्नका लागि लैजाने तरखर गर्दा मेघनाले अन्तिम पटक उनलाई अँगालो हालिन् र भक्कानिएर रोइन । केहि बेरसम्म उनले सरजाको पार्थिव शरीरलाई अँगालो हालिरहिन् । त्यति नै बेला उनले श्रीमानको निधारमा चुमिन् र गालालाई हातले सुम्सुमाइन् । त्यसपछि उनका आफन्तले उनलाई सम्हाले ।

दुई वर्ष अघि चिरञ्जिवीले कन्नड नायिका मेघना राजसँग विवाह गरेका थिए। तर उनी आफ्नो बच्चाको अनुहार देख्न नपाउँदै संसारबाट बिदा भए। उनकी श्रीमती मेघना गर्भवती रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस