अभागी किम : दोस्रो विवाह पनि राम्रो नभएपछि डिभोर्सको तयारी गर्दै…

स्टार किम कार्दाशियाको विवाह भएको सात वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ । उनले आफ्ना पति र्यापर कान्ये वेस्टसँग सम्बन्ध-विच्छेदको माग गर्दै निवेदन पेश गरेकी छिन् । लामो समयदेखि सम्बन्धमा दरार पैदा भएपछि उनले आफ्ना चार छोराछोरीको संयुक्त हेरचाहको माग गर्दै सम्बन्ध-विच्छेद माग गरेकी हुन् ।

सन् २०१४ मा धुमधाम विवाह गरेका यो जोडीको विवाह इटलीमा भएको थियो । उनीहरुको सम्बन्धको सुरुवात सन् २०१२ मा भएको थियो । उक्त समयमा किम अमेरिकी फुटबलर क्रिस हमफ्रिइजकी पत्नी थिइन् । उनले सन् २०१३ मा क्रिससँग सम्बन्ध-विच्छेद गरेकी थिइन् ।

यता, र्यापर कान्येले किम बाइपोलर डिसअर्डरको समस्याबाट पी-डित भएको खुलासा गरेका थिए । उनले किममाथि आफूलाई पी-डित बनाएको आरोप लगाएका थिए ।

पारिवारिक जीवन बिग्रेमा त्यो सुमधुर नभएमा मानिसको जीवन नारकीय हुन्छ। व्यावसायिक रूपले निकै धेरै उन्नति गरेर पनि परिवारमा तनाव भएमा मानिस सुखी हुँदैन। जो जस्तो गरे पनि खोजेको त सुख नै हो। कहिलेकाहीं व्यावसयिक रूपले निकै सफल र उपलब्धि प्राप्त गरेको मानिसको पारिवारिक जीवन गतिलो र सुखी हुँदैन।

त्यस्तो अवस्थालाई राम्रो मान्न सकिँदैन। यसका लागि पारिवारिक समझदारी चाहिन्छ र एकले अर्काको व्यावसायिक जीवनलाई सम्मान गर्नु आवश्यक छ। आवश्यक परेमा असहजतालाई सहनुपर्छ।

बिहे गर्नु र बिहे सम्बन्धलाई सुमधुर गरिराख्न केही काम गर्नुपर्छ। यो स्वतः हुने कुरा हैन। त्यसैले विवाह गर्नुपहिले गतिलो किसिमले एकअर्काको भावना, पारिवारिक पृष्ठभूमि र परिवारका सदस्यको सामान्य दृष्टिकोण इत्यादि सबैमा ध्यान दिनुपर्ने हुन्छ। वास्तवमा धेरैजसो अवस्थामा बिहे हाम्रो सन्दर्भमा दुइटा परिवारको सम्बन्ध पनि हो।

त्यसैले यी सबै कुरामा ध्यान दिनु आवश्यक छ। जसले गर्दा बिहेको सामाजिक संस्कार सफल रूपले अगाडि बढोस्। सम्बन्ध–विच्छेद सजिलो र प्रिय कुरा हैन। केही अवस्थामा भने सम्बन्ध–विच्छेदलाई उपयुक्त विकल्प भन्न सकिए पनि सामान्यतया त्यो लागू हुँदैन। त्यसैले गम्भीर भएर अरू कुनै उपाय नै नभएपछि मात्र सम्बन्ध–विच्छेद गरौं, भावनामा नबगौं।

प्रतिक्रिया दिनुहोस