अस्ट्रेलियाकी एक महिलाले ३ अर्ब रुपैयाँ ठगेपछि प्रहरीलाई झुक्याउन यति सम्म गरे। ….प्रहरी समेत चकित

काठमाडौं। आफ्ना ग्राहकको अरबौं रुपैयाँ ठगेर भागेकी एक महिलाले प्रहरीलाई आफू मरिसकेको भन्ने भ्रममा पारेर झुक्याउन आफ्नो खुट्टा आफैंले काटेर समुद्र किनारमा फ्याँकेको हुन सक्ने आशंका गरिएको छ ।

अस्ट्रेलियाकी मेलिसा क्याडिक नामकी यी महिला केही महिनादेखि रहस्यमय तरिकाले बेपत्ता छिन् र यस विषयमा अनुसन्धान भइरहेको छ । खोजीको क्रममा उनको एउटा खुट्टा सडेको अवस्थामा अस्ट्रेलियाको एक समुद्र किनारमा फेला परेपछि पुलिसले उनको बाँकी शरीर खोजिरहेको छ ।

न्यू साउथ वेल्सका कमिश्नर माइक फुलरका अनुसार उनलाई ती ठग महिला मरिसकेको जस्तो पनि लागेको छ तर केस बन्द भइसकेको छैन र उनले पुलिसलाई झुक्याएर भाग्नको लागि आफ्नो खुट्टा आफैंले काटेर फ्याँकेको हुन सक्ने सम्भावना पनि छ । क्याडिकको सडिरहेको खुट्टासहितको जुत्ता न्यू साउथ वेल्सको दक्षिणी किनारामा उनी बेपत्ता भएको तीन महिनापछि फेला परेको थियो ।

द सनका अनुसार गत हप्ता सार्वजनिक भएको एक रिपोर्टमा उनले २५ मिलियन डलर (झण्डै ३ अर्ब रुपैयाँ) ठगी गरेको देखिएको छ । रिपोर्टका अनुसार क्याडिकले ठगी गरेको यो पैसा विदेशमा विदा मनाउन, महंगा कपडा र गहना किन्न प्रयोग गरेकी थिइन् । ४९ वर्षकी यी महिला नोभेम्बर १२ मा आफ्नो सिड्नीको घरबाट हराएकी थिइन् । यसको एक दिनअघि पुलिसले उनको डोभर हाइट्समा रहेको घरमा छापा मारेका थिए ।

अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको

कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग

बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशीमुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो

गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्। ईमे दुख्ख निरोध गामीनी पतिपदा।यो दुखलाई जरैबाट उखेल्ने बाटो हो।

प्रतिक्रिया दिनुहोस