हलिउड पप स्टार ब्रिट्नी स्पेयर धेरै महिना पछि व्याइफ्रेन्डसँग वाहिर देखिए

गोर्खाली खवर,

हलिउड पपस्टार ब्रिट्नी स्पेयर विहिवार धेरै पछि पहिलो पटक वाहिर देखा परिन् त्यो पनि आफ्नो प्रेमी साम अस्गारी र जेठो छोरो सेन प्रिस्टन फेगरलिनको साथमा ।

आफ्नो वावु ज्यामी स्पेयरसँग आफुलाई विगत १३ वर्ष देखि व्यक्तिगत र फाईनान्सको मामिलामा नियन्त्रण गरिरहेको विषयलाई लिएर यि ३९ वर्षिय पप स्टार ब्रिट्नीको कानुनी लडाइ चलिरहेको छ । आफ्नो वावुले आफ्नो जिन्दगीमा यति वलियो पकड वनाएको र आफ्नो गायनको दैनिक काममा नै डिटेक्ट गरिरहेको आरोप लगाएको छ । अदालतमा मुद्दाहरु पनि दर्ता गरिएको छ ।

पछिल्लो पटक उनी अक्टोवरमा आफ्नो प्रेमी अस्गारीसँग हवाइ टापुमा भ्याकेसन इन्जोइ गरिरहेकी देखिएकी थिईन् । उनि आफ्नो प्रेमी र छोराको साथ केही सामान्य काम गर्न पाउँदा साह्रै खुसि देखिएकी थिईन । स्थानिय स्टारवक्सवाट केही पेय पदार्थ पनि खरिद गरेको थियो ।

उनि हेर्दा एकदम राम्री देखिएकी थिईन् । लगभग १ दशक उनि हराएकी थिईन् । उनि आफ्ना क्रेजि फ्यानहरुलाई सोसल मिडियावाट आफ्नो डान्स्का स्टेपहरु शेयर गरिरहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस