वलिउडका चर्चित अभिनेत्री कंगना रनावतको वर्थ–दे को दिन उनकै अपकमिंग फिल्म थलाइभीको टेलर लन्च हुँदै

गोर्खाली खवर,

अभिनेत्री कंगना रनावतको जन्मदिन यहि आउँदो मार्च २३ मा हो । जन्मदिनको अगाडी उनि आफ्नो फिल्मको शुटिङ्गमा व्यस्त छिन् । उक्त फिल्मको नाम थलाइभी हो । यसमा उनि जयललिताको भुमिकामा छिन् । कंगनाको जन्मदिनको १ महिना पछि उक्त फिल्म सिनेमा घरहरुमा आउने छ ।

श्रोतका अनुसार यस फिल्मका निर्माताहरुले एक भव्य कार्यक्रमका साथ कंगनाको जन्मदिन सेलिव्रेसन गरि उक्त फिल्मको टेलर लन्च गर्ने योजना वनाएको छ । थलाइभी जयललिताको वायोपिकमा आधारित फिल्म हो । राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री कंगना रनावतले आफ्नो जन्मदिन पारेर आफ्ना प्रशंसकहरुलाई उपहारको रुपमा उक्त फिल्मको टेलर सार्वजनिक गर्दैछिन् ।

कंगनाले यस फिल्मको लागि शारीरिक रुपान्तर नै गर्नु परेको थियो । भरतनाट्यम, तामिल सिक्न र जयललिताका हाउभाउ विधिहरु सिक्न कयौं घण्टा खर्च गर्नु परेको थियोे । जयललिताको जन्मजयन्तीको दिन पारेर फिल्म रिलिजको घोषणा पनि भईसकेको छ ।

जयललिताको जिवनमा आधारीत थलाइभी नामक यो फिल्म कंगनाको क्यारियरमै दर्शकले सर्वाधिक प्रतिक्षा गरेको फिल्म भएको छ । त्यसैले दर्शकले उत्सुकताका साथ यो फिल्म रिलिजको प्रतिक्षा गरिरहेका छन् ।

थलाइभी अल विजयले निर्देशन गरेको र विष्णु वर्धन इन्दुरी र शैलेश आर सिंहद्वारा निर्मित र हितेश ठक्कर र तिरुमल रेड्डीले निर्माण गरेको फिल्म हो । यो फिल्म २०२१ एप्रिल २३ का दिन रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस