कस्ता पति चाहन्छिन् त डान्सर नुरा फतेही – टल, ह्यान्ड्सम र एक्स्ट्रा टेलेन्ट अनिवार्य !!!

गोर्खाली खवर,

नुरा फतेही जति राम्री डान्सर हुन् त्यति नै व्युटिफुल पनि छिन् । यहि कारण सवै जना नुराको दिवानी छन् । तर नुरा कसलाई मनपराउँछिन् त त्यसको कारण हुन त्यति सजिलो छैन किनकी नुराको आफ्नो व्वाईफ्रेन्ड या फ्यूचर श्रीमान् यस्तो हुुनु आवश्यक छ भन्ने चाहनाको लिष्ट लामो छ ।

जसलाई पुरा गर्न जो कोही सक्षम हुन सक्दैन । एक रियालिटी शो मा नुराले आफ्नो हुनेवाला पतिको खुवी वताएकी थिईन् । उनलाई इम्प्रेस गर्न के के खुवी हुनेवाला पतिमा हुन जरुरी छ त्यो सवै वताएकी थिईन् ।

नुरा फतेही इंडिया वेष्ट डांसरमा गेस्ट जज भएर गएकी थिईन् र स्टेजमा मस्ती मस्तीमा उनलाई कस्तो केटा चाहना छ भनि प्रश्न गरिएको थियो । त्यो वेला उनको उत्तर थियो, टेलेन्टेड हुनु पर्ने, खुला विचारको हुनुपर्ने, अग्लो, स्मार्ट हुनु पर्ने वताएकी थिईन् । त्यसपछि नुरालाई टैरेंसको नाम लिएर जिस्काउन शुरु गरियो । शो को होस्ट भारती सिंहले पनि टैरेंसको खुवै टाँग खिंचाई पनि गरे ।

नुरा फतेहीले पनि टैरेंसलाई मनपराउने कुरालाई लिएर ग्रिन सिग्नल देखाउन कुनै ढिला गरिनन् । जव नुराले ग्रिन सिग्नल देखाए तव सवै खुशीले रमाई नाच्न थाले । त्यहीँ यहि कुरालाई लिएर भारतीले यस्तो कमेडि गरे की सवै पेट मिचिमिचि हाँस्न थाले । नुराको जन्म टोरेन्टोमा भएको थियो । आमावावु मोरक्कोका वासिन्दा थिए । दिलवाट उनि आफुलाई हिन्दुस्तानी मान्छिन् । त्यसैले नुरा आफुलाई ग्लोवल सिटिजन मान्छिन् ।

प्रतिक्रिया दिनुहोस