कलाकार स्मृति ईरानीको लव स्टोरी टीवी सिरियल भन्दा वढी नाटकीय

गोर्खाली खवर,

इन्डियन टीभी च्यानलकी नायिका स्मृति इरानी हाल ४५ सालकी भएकी छिन् । स्मृति इरानी सानै देखि संघर्ष गरि हाल त्यो स्थानसम्म पुगेकी हुन् । स्मृतिले नाटकीय रुपले काँग्रेस पार्टीको नेता राहुल गाँधीलाई उनकै क्षेत्रवाट चुनावमा हराएकी थिइन् । उनको असली जिन्दगी पनि त्यतिकै नाटकीय छ । आज हामी उनको ४५ सौं जन्मदिनको अवसर पारेर उनको जिवनमा भएको केही नाटकको पर्दा खाल्छौं ।

दिल्लीमा जन्मेकी स्मृति आफ्नो दुवै वहिनी जस्तै महत्वकांक्षी थिईनन् । उनको भाग्यमा त अरु नै केही लेखेको थियो । १६ वर्षको उमेर देखी नै उनको नाटकमा मन लाग्न थालेको थियो । उनि मिस इन्डिया कन्टेस्टमा सेलेक्ट भई टप ५ सम्म पुग्न सक्षम भईन् । त्यहीँवाट उनको मोडलिंगको क्यारिएर शुरु भयो ।

स्मृति इरानीले एक इन्टरभ्यूमा भनेकी छिन्, सन् १९९८ मा भएको मिस इन्डिया कन्टेस्टमा घरमा कसैलाई जानकारी विना सहभागी भएकी थिएँ । जव म सर्ट लिस्टमा परें आफु हैरान भएँ । घरमा कसैले पत्याउनै सकेन कि म फाइनलसम्म पुगेको कुरा । मैले आफ्नो वावुसँग पैसा फिर्ता गर्ने शर्तमा २ लाख रुपैयाँ लिएकी थिएँ । मुम्वईमा खानपिन, यताउता जान गाडी भाडा धेरै नै महँगो थियो । तर दुर्भाग्य मैले अन्तिम राउण्डमा जित्न सकिन ।

क्यारिएरको शुरुवातमा जव स्मृति अडिसन दिईरहेकी थिईन् तव उनको मित्रता पारसी विजनेसमैन जुविन ईरानीसँग हुन गयो । क्योकि सास भि कभी वहू थी, रामायण जस्तो सीरियल पछि उनी सफलताको शिखरमा पुगिन् । त्यहि समयमा जुविनले आफ्नो आमा मार्फत स्मृतिको हात माग्न पठाइन् ।

स्मृति फेरी भन्छन्, मैले जुविन सँगै विवाह गरें किनकी मलाई उनको जरुरत थियो । म उनैसँग सल्लाह लिन्थें, कुरा गर्थें र हरेक दिन उसँग भेटघाट गर्थें । मैले उनलाई भने पनि हामी विवाह गरेर वेष्ट फ्रेन्ड वनौं । हाम्रा अभिभावक पनि यो विवाहको लागि मन्जुर थियो । मैले कहिले पनि अभिभावको विरुद्द गएर विवाह गर्ने वारे सोचेको पनि थिईन ।

स्मृतिले सन् २००१ मा आफ्नो साथी जुविनसँग विवाह गरिन् । जुविनको यो दोश्रो विवाह थियो भने स्मृतिको पहिलो । जुविनको पहिलो पत्नी मोना हो भने मोनाको एक छोरी पनि छिन् । केही समयसम्म जुविन र उनकी पत्नी मोना साथैमा रहेकी थिईन् तर पछि दुवैजनामा तलाक भयो । भनिन्छ, जुविन र स्मृति नजिक हुनुनै जुविन र मोनाको तलाक हुनुको कारण हो ।

मोना विवाह भन्दा अगाडी पनि स्मृतिको साथि थिईन् भने अहिले पनि दुवै जनाको मजवुत सम्वन्ध देखिन्छ । स्मृति इरानी अक्सर मोनाको साथको तस्विर शोसल मिडियामा शेयर गरिरहन्छिन् । स्मृति भन्छिन्, म जुविनलाई पाएर भाग्यमानी महशुस गर्छु । जुविनको पहिलो पत्नी र छोरीसँग पनि मेरो राम्रो सम्वन्ध छ । उनिहरु विचको झगडासँग मेरो केही सम्वन्ध छैन । मेरो मतलव त शिर्फ जुविन र मेरो दुई वच्चासँग मात्र छ र त्यसमा वेष्ट दिन चाहन्छु ।

 

 

प्रतिक्रिया दिनुहोस