लकडाउनले संसार देखाएका शिशुहरु – एउटा क्रेजि वर्ष ।

गोर्खाली खवर,
चीनवाट शुरु कोरोना महामारी कोभिड १९ ले दुई तिन महिनाको अन्तरालमा विश्वका धेरै जसो देश हरुमा हाहाकार नै मचायो । यसले गर्दा गएको वर्ष विश्वका धेरै जसो देश लकडाउनमा नै रहे । जसको कारण सवै जना आफ्नो सानो वा ठुलो परिवारका सहित घर भित्र नै थुनिनु वाध्य हुनु पर्यो ।

युरोपको कुरा गर्ने हो भने चाहिएको वेला एक अर्कासँग भेट्ने फुर्सद पनि निकाल्न नसकिने ठाउँ हो । यस्तो ठाउँमा वस्नेहरु गएको वर्ष कोभिड १९ ले गर्दा ६ महिना लकडाउनमा नै रहे र सवै काम छोडी लामो समयसम्म सँगै वस्ने स्वर्ण अवसर नै पाए ।

यहि सँगै वस्ने शिलसिलामा धेरै वच्चाहरु पनि जन्मिए । वच्चा जन्माउनु सवै भन्दा राम्रो समय भए पनि वच्चाको रेखदेख गर्न, हुर्काउन यो समय आमावावुको लागि भने चुनौतीपूर्ण नै थियो । कोरोनाभाईरसको महामारीमा नवजात शिशुहरुका आमावावुको लागि विशेष गरी गाह्रो नै थियो ।

पछिल्लो १२ महिना परिवारजन र साथीहरु दुरीमा वस्न वाध्य भएका थिए । केही आफन्त र साथीहरुले नयाँ आगमन भएका शिशुहरु आफ्नो घरको झ्यालवाट मात्र देखेका थिए ।
राष्ट्रव्यापी रुपमा लकडाउन लागू भएको एक वर्ष पछि धेरै आमाहरुले वच्चा जन्माउने चुनौतीको सामना गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस