कंचनपुरकी संगीता नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा पहिलो नम्बरमा !

कंचनपुरकी संगीता नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा पहिलो नम्बरमा ! धनगढी : नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा कंचनपुरकि घर भएकि संगीता धामी प्रथम हुन सफल क्याडेट भएकी छिन् ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाद्वारा सूचनामा १ सय २ जना अधिकृतमा उतिर्ण नतिजामा संगीता पहिलो सिरियलमा नाम रहेकी छन् । सि.स. ६१ अधिकृत क्याडेट छनौट परीक्षामा सफल भई नेपाली सेनामा सेवा गर्न प्रतिबद्ध सबैलाई जंगी अड्डाले बधाई दिएको छ ।

उर्तिण भएका उम्मेदवारलाई २०७७ /१२ /१६ गते विहान ११ बजे जंगी अड्डाको पश्चिम पट्टी सैनिक केन्द्रीय पुस्तकालय अगाडीको खेलमैदानमा अधिकृत क्याडेट सुहाउँदो पोशाकमा उपस्थिति हुन पनि अनुरोध गरिएको छ। प्रकाशित नतिजामा सिफारिस भएका अधिकृत क्याडेटलाई सम्पुर्ण प्रमाण पत्रका प्रतिलिपि, फोटो ३/३ का दरले छुट्टै नेपाली राखेर आउन पनि भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस