बिक्रिहुने क्रम ओरालो लागेपछि अझै घटेर पुरानो मू’ल्यमा फर्कने सम्भावना'””

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।आज ‍छापावाला सुन बिहीबारको तुलनामा प्रतितोला ६०० रूपैयाँले घटेर ८६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८५ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

काठमाडौंका धारामा आइतबारबाट मेलम्चीको पानी
काठमाडाैँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ ।

आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी छ । उनीबाट भृकुटी मण्डपस्थित जडित नयाँ धाराको टुटी खोलेर मेलम्ची पानी उद्घाटन गरि“दै छ । त्यसअघि नै आइतबारदेखि मेलम्ची उपआयोजनाअन्तर्गत आयोजना निर्देशनालयले १५ चैतमा ४ करोड लिटर पानी छाड्ने छ ।

यसको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरिएको छ ।त्यसदिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिनेछ । आगामी २१ चैतमा पानीपोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे ८ करोड लिटर पानी छाडेर सो प्रणालीबाट वितरण हुने क्षेत्रका उपभोक्ताका घरमा पानी आपूर्ति हुनेछ । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस