मलाइका अरोरा र अर्जुन कपुर फेरि एक साथ – एउटै शो मा देखिने !!!

गोर्खाली खवर,

एक्टर अर्जुन कपूर र मलाईका अरोराको रिलेशनलाई लिएर लामो समयसम्म खवर आई नै रहे । दुवैको विच गहिरो सम्वन्ध रहेको कुरा जगजाहिर नै छ ।

चाँडै नै दुवै जनाले विवाहको फैसला गर्न सक्नेछ । यसै विच अर्जुन र मलाइका दुवै एकसाथ एकै शोमा आउन लागेको कुरा सार्वजनिक भएको छ ।

मलाईका र अर्जून एक कुकिंग शो मा आउँदैछन् । शो को नाम हो, स्टार भर्सेस् फुड हो र यो शो डिस्कभरी च्यानलमा आउँदैछ । यस शो मा आफुलाई मन पर्ने स्पेशल खाना वनाउनु पर्ने हुन्छ ।

उनिहरुले एक शोको लागि ओ.के भनिसकेका छन् । तर उनिहरुले के खाना वनाउँछन्, त्यो उक्त शो मा मात्र थाहा हुने वताईएको छ ।

उक्त शो मा करीना कपूरले पनि भाग लिएर खाना वनाईसकेकी छिन् । उनको एपिसोड त अनएयर पनि भैसकेको छ र दर्शकले ज्यादै मनपराएको छ । अव करीनाको पदमार्गमा चल्दै मलाइका र अजुन पनि यस शो को भाग वन्न गइरहेका छन् । सुनिन्छ कि डाईरेक्टर करण जौहर पनि उक्त शो मा आउँदैछन् तर यसको औपचारिक घोषणा भइसकेको छैन ।

मलाइका र अर्जुनको रिलेशनको कुरा गर्ने हो भने दुवै लामो समय देखि एक अर्कासँग डेट गरिरहेका छन् । सेक्रेट भ्याकेसन गरेको कुरा पनि उनिहरुको सोशल साईटवाट थाहा पाउन सकिन्छ । विवाहलाई लिएर अर्जुन र मलाइका हतारमा नरहेको कुरा पनि विशिष्ट शुत्रवाट थाहा हुन आएको छ ।

प्रतिक्रिया दिनुहोस