दुलहीको खोजिमा अढाई फुटको अजीम मंसूरी, कहाँ छिन्, के गर्दै छिन् त दुलही !!!

गोर्खाली खवर,

भारतको शामलीको कैरानामा वसोवास गर्ने अढाइ फुटको अजीम मंसुरीको भिडियो केही दिन देखि भाइरल भइरहेको छ । जसमा उसले आफ्नो विवाहको लागि दुलही खोजिरहेका छन् ।

भिडियो भाईरल भए पछि उसको लागि गाजियावादवाट एउटा रिश्ता आएको छ । उक्त युवतिको नाम रेहाना हो भने उचाई पनि अजीमकै उचाई वरावर छ । उनको परिवार गरिव छ ।

अजिमको भाइरल भिडियो देखेपछि रेहानाको परिवारले सम्पर्क गरेको थियो । केही दिन पहिला अजिम दुलही खोज्दै शामलीको महिला थानामा पनि पुगेका थिए । त्यहाँ पुलिसले पनि उनको लागि दुलही खोज्ने कुरा गरेको थियो ।

२६ वर्षका अजिमले युपीको धेरै नेतालाई आफ्नो लागि दुलही खोजिदिन अनुरोध गरेका थिए । तर सवै ठाउँवाट निराश हात लागेको थियो । यस्तै हाल रेहानाको परिवारको पनि थियो । २५ वर्षकी रेहानालाई पनि अहिलेसम्म दुलाहा मिलेको छैन । रेहानाको उचाइ अढाई फिट छ । उनि घरका सारा काम गर्छिन् । अव रेहानाको परिवारलाई रेहानाको पनि घरजम हुन्छ भनि आशा जागेको छ ।

रेहाना वताउँछिन्, उनलाई अजीम मनपर्छ र उनले भाइरल भिडियोमा अजीमलाई देखिसकेकी छिन् । रेहानाले सिलाईको सवै काम सिकेकी छिन् । अजिम एक व्यवसायी हुन् र उनलाई एक हाउसवाइफ चाहिएको छ । रेहानाको आमा याशमीन भन्छिन्, अव उनको छोरीको विवाह भए यो भन्दा ठुलो कुरा कुनै हुँदैन । अजीमको घरमा रेहानाको फोटो पठाईसकेको छ । उनिहरुको जोडी राम्रो छ, रेहानाको पिता भन्छन् ।उता अजिमको परिवारले पनि रेहानाको कुरा आएको र यसमा विचार गरिरहेको वताएको छ ।

 

प्रतिक्रिया दिनुहोस