यस्तो छ विपनाको परिवार, पहिलो पटक नेपाल आए श्रीमान र छोरा, साथी सहितको जम्बो टोली लिएर पुगिन् चन्द्रागिरी (भिडियो हेर्नुस्)

काठमाडौ । करिब १४ बर्षदेखि नेपाली चलचित्र क्षेत्रबाट हराएकी नायिका विपना थापा अहिले नेपालमा छन् । उनी फेरी नेपाली फिल्ममा कमब्याक गर्ने सोचमा पुगेकी छिन् ।

भारतीय मुलका आयुतोष भारद्वाजसँग विवाह गरेपछि उनी भारतमै बस्दै आएकी छन् । वृन्दावनमा बस्दै आएकी विपना अहिले दुई वर्षको अन्तराल पछि नेपाल आएकी हुन् ।

उनी बारम्बार नेपाल आइरहन्छिन् । १४ वर्षको अन्तरालमा उनका श्रीमान र छोरा भने पहिलो पटक नेपाल आएका छन् । उनले आफ्नो परिवारको बारेमा भिडियो सार्वजनिक गर्दै जानकारी दिएकी छन् । भारतवाट आएको उनको परिवार र साथीले काठमाडौमा विभिन्न ठाउँमा घुमेर रमाइलो गरेका छन् ।

चन्द्रागिरी हिलमा घुम्न गएको रमाइलो वातावरणको भिडियो पनि विपनाले सार्वजनिक गरेकी छन् । उनले आफ्नो श्रीमान पहिलो पटक नेपाल आएको बताएकी छन् । साथीहरुसंग उनले ऋषी धमलासंग दिएको अन्तरावर्ताका बारेमा पनि चर्चा गरेका छन् ।

उनले आफ्नो श्रीमान शिव भक्त भएको बताइन् । वृन्दावनमा बसेको भएपनि आफ्ना श्रीमान शिव भक्त भएको बताएकी छन् । विपनाले आफ्नै नाममा खोलेको यूट्युब च्यानलमा पहिलो चलचित्र अफर हुँदाको क्षण सुनाएकी छिन् ।

‘म साथीहरुसँग सुन्धारामा मोहन निरौला सरको टेलिचलचित्रको सुटिङ हेर्दै थिएँ । त्यस्तैमा भीडलाई खिच्दै आएको क्यामेरा मेरो फेसमा आएर अडिएछ, क्यामेरामा मलाई देखेपछि मोहन सरले बोलाएर चलचित्र प्रस्ताव गरेको सुनाइन ।

उनले भनेकी छिन्, प्रस्ताव आउँदा म अक्कनबक्क भएँ । मैले परिवारमा आएर कुरा गर्नु भनेपछि मोहन सर, निर्माता छविराज ओझा भोलीपल्टै घरमा आएर कुरा गर्नुभयो ।

स्क्रिप्ट र मेरो भूमिका सुनेपछि परिवारले ‘ओके’ गर्नुभयो । त्यसपछि मलाई ५ हजार दिएर छवि दाईले ‘जन्मभूमि’ साइन गराउनुभएको थियो ।’ उनी आफ्नो पहिलो सिन नै ‘वान टे ओके’ भएको सम्झन्छिन् । तर, पहिलो सिनमा नै गर्भवती महिलाको गेटअपमा देखिन लाज लागेर उनी चलचित्र नै छाड्ने निधोमा पुगेकी थिइन् ।

उनी सम्झन्छिन्, ‘गाउँका सबै मान्छे सुटिङ हेर्न आएका थिए । त्यही दिन मैले गर्भवती महिलाको सिन दिनुपर्ने थियो । तर, लाजले मैंले त्यो सिन गर्नै मानिन् । एकदमै रोएर चलचित्र नै गर्दिनँ भनको थिएँ ।’

बसुन्धारा भुषालले सम्झाइ बुझाइ गरेपछि आफू गर्भवती महिलाको सिन दिन तयार भएको भिडियोमा विपनाले भनेकी छन् । चलचित्रमा पहिलो सिन नै रुँदै घरबाट बाहिर निस्कनुपर्ने भएकाले पनि ‘वान टे ओके’ भएको उनी सम्झन्छिन् ।

प्रतिक्रिया दिनुहोस