मेघ गर्जन सहित परेको पानी र चिसो हावाले रेकर्ड कायम गरेको छ

गोर्खाली खवर, वैज्ञानिकहरुले धेरै अनुसन्धान गरेर प्रकाशित गरेको कितावमा २०१८ मा तुफान चलेर चिसो हुँदा तापक्रम –१११ डिग्री रेर्कड गरिएको थियो । यो नै संभवत रेकर्ड गरिएको कम तापमान हो ।

अमेरिकी उपग्रहद्वारा भूमध्यरेखाको ठीक दक्षिणमा पश्चिमी प्रशान्त क्षेत्रमा २ डिसेम्वर २०१८ मा उक्त तापक्रम मापन गरिएको थियो ।

जव एक शक्तिशाली वादलको माथिल्लो ड्राफ्ट तल्लो वातावरण वा ट्रोपोस्फीरको शिर्षमा पुग्छ तव यो सामान्यतया समतल हुन्छ र त्यस क्लासिक एनवल आकारको रुपमा फैलिन्छ । तर आँधीवेरी धेरै शक्तिशाली छ भने वायुको माथिल्लो चालले ट्रापोस्फेयरको छत, ट्रापोपोजवाट पंच गर्न सक्दछ । आँधी स्ट्रयाटोस्फियरमा वढ्न जारी नै राख्छ । २०१८ मा यसले लिएको उचाई अर्कै लेभलमा थियो । त्यो वेला यसको उचाई २०.५ किमी एल्टिच्यूड थियो ।

यसलाई ओभरशुटिंग टप भनिन्छ, नेसनल सेन्टर फर अर्थ आव्जर्भेसन र अक्सफोर्ड युनिभर्सिटि, युकेमा सेटेलाईट अनुसन्धान गर्ने डा. साइमन प्राउड वताउँदछन् । ओभरशुटिंगको शीर्षभाग समान्य छन् । हामी त्यसलाई वेलायतमा पनि देख्छौं । गत अगस्तमा हामी कहाँ धेरै आँधीवेहरी आयो । यो धेरै ठुलो ओभरसुट थियो ।

प्राउड र स्कट बाच्मेयरले जिओफिजिकल रिसर्च लेटर्स जर्नलको एउटा पेपरमा उक्त घटनाको रिपोट छ । यसमा तिनिहिरुको वयान र योगदानको कारकहरुको वर्णन गरिएको छ । प्रशान्त महासागरको त्यो क्षेत्रमा ठुलो आँधीवेहरी डिसेम्वर–जनवरी टाइमफ्रेको वरिपरी भए पनि यसले एक अतिरिक्त बृद्धि गरेको जस्तो देखिन्छ ।

पछिल्लो २० वर्षमा यस्तो चिसो आँधीवेहरी अलि वढि सामान्य हुँदै गएको छ । यो चाखलाग्दो कुरा हो कि विश्वको यस भागमा ट्रोपोपज वास्तवमै तातो हुँदै गइरहेको छ । त्यसैले हामी तातो वादलहरु देख्ने आशा गर्न सक्छौं । हामीले अझ वढि चरम आँधीवेहरी देख्नेछौं किनकी हामीले पहिले भन्दा वढी ओभरशूट देखिरहेका छौं ।

मौसम एजेन्सीहरु सचेत छन् कि आज उडान गर्ने सवै भुउपग्रह सेन्सरहरु नोआ–२० को दृश्य इन्फ्रारेड इमेजिंग रेडियोमिटरद्वारा रेकर्ड गरिएको अत्याधिक कम तापमान मापन गर्न सक्षम छैन । यसको लागि सुधारिएको क्षमताको आवश्यक छ । किन भने त्यस दिन अमेरिकी अन्तरिक्ष यानले सायद क्लाउड शिर्षमा पुगेको पूण कम तापमान क्याप्चर नगरेको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस