म्यानमारमा सुरक्षाकर्मीले गोली चलाउँदा दजर्र्नौ प्रदर्शनकारीको मृत्यू

गोर्खाली खवर, म्यानमारमा प्रदर्शनकारीहरु माथि सुरक्षाकर्मीले गोली चलाउँदा वच्चाहरु सहित ९० भन्दा वढीको मृत्यू भएको कुरा एएपीपी अनुगमन समूहले पुष्टी गरेको छ ।उनीहरुले हामीलाई चरा वा कुखुरा सरि मार्दैछन् । घरमा समेत घुसेर मारेका छन् एक स्थानिय थुयाजो भन्छन् । हामी जे सुकै भए पनि आफ्नो आन्दोलन जारी राख्छौं ।

जव प्रदर्शनकारीहरुले सेनाको चेतावनीलाई वेवास्ता गरी प्रदर्शन गरिरहे तव सेनाले हिँसा गर्न शुरु गरे ।एएपीपी भन्छ मृतको संख्या दिन प्रतिदिन वढी नै रहेको छ । पछिल्लो पटक भएको प्रदर्शन फ्रेव्रुरी १ मा ४०० भन्दा वढी मारिएका थिए । जसमा २० भन्दा वढी वच्चाहरु थिए ।

गएको चुनाव आंग सान सु ची को नेशनल लिग फर डेमोक्रेसी पार्टीले जितेको थियो । तर सेनाले धाँधली गरेर जितेको आरोप लगाएर सैनिक कु गरेका थिए ।सोशल मिडियामा आएका फोटोहरु वढो दर्दनाक छ । कुनै फोटोमा मानिस गोली लागि घाईते भएको देखिएको, कुनैमा आफन्तको रुवावासी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस