होलीको रंगमा रंगिन देखिए प्रियंका चोपडाको ससुराली

प्रियंका चोपडा सवै चाडपर्व पुरा जोशका साथ मनाउँछिन् । यो साल कोरोनको कारणले उनले परिवारको साथ होली मनाइन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा केही होली मनाईरहेको फोटो सेयर गरेकि छिन् । यसमा पीसीको साथ उनको पति निक जोनस, ससुरा पल केविन जोनस सीनियर, सासु डेनिस होलीको रंगमा देखेकि छिन् । प्रियंकाले आफ्नो फ्यान्सलाई होलीको अवसरमा मेसेज पनि दिएकी छिन् ।

तस्विरमा प्रियंकाले आफ्नो ससुरालीहरुको साथ पोज दिएकी छिन् । सवै कपडा अनुहारमा रंग देखिएको छ । व्याकग्राउण्डमा पनि डेकोरेशन गरिएको छ । प्रियंकाले हातमा पिचकारी लिएकी छिन् । प्रियंकाले क्याप्सन होली मेरो मनपर्ने त्योहार हो आशा गर्छु हामी सवै आ–आफ्नो परिवारका साथ घर भित्रै सेलिव्रेट गरौं भनि लेखेकि छिन् ।

हालै प्रियंकाले न्यूयोर्कमा सोना रेस्टुरेन्ट खोलेकि छिन् । यसमा मानिसले इंडियन फुडको स्वाद लिन सक्छन् । प्रियंका उक्त रेष्टुरेन्टको ओपनिंग सेरोमनीमा उपस्थित नभए पनि इन्स्टाग्राममा फ्यान्सलाई यसको झलक देखाएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस