१ मिनेटमा २६ मानिसलाई खतम गर्न सक्ने अक्टोपस, हातमा लिएर घुम्छिन् एक युवती !!!

गोर्खाली खवर,

इंग्ल्याण्डमा वसोवास गर्ने एक महिला हाल इन्डोनेशियामा छुट्टी विताईरहेकी थिईन् । उनले एक सानो अक्टोपस आफ्नो हातमा लिएर राखेकी थिईन् ।

तर शायद उनलाई थाहा थिएन होला कि त्यो मासूम देखिने अक्टोपस खतरनाक जिव हो भनेर जसले मिनेटमा २६ मानिसलाई खतम गर्न सक्छ ।

केलिन नाम गरेकि महिलाले आफ्नो एक भिडियो टिकटकमा पोष्ट गरेकी छिन् । जुन भिडियोमा उनको हातमा ब्लू रिंग अक्टोपस देख्न सकिन्छ । यो भिडियोमा अगाडी केलिन यस अक्टोपसको वारेमा गुगलमा सर्च गरी उक्त अक्टोपसले मिनेटमा २६ मानिसलाई खतम गर्न सक्छ भन्ने कुरा थाहा पाउँछिन् ।

यस ब्लू रिंग अक्टोपसले टोक्दा खासै दुखाई हुँदैन तर दश मिनेटमा शरिर सुनिन थाल्छ । उक्त अक्टोपसमा न्यूरोटक्सिन टेट्रोडोटक्सिन हुने गर्छ जसले कुनै पनि मानिसलाई केही सकेन्डमा प्यारालाइज्ड गर्छ र शरिरमा अक्सिजनको कमिवाट उसको मृत्यू हुन्छ ।

यो अक्टोपसको शरिर पँहेलो र त्यसमा निलो रिंग हुन्छ । जव यो अक्टोपसलाई डिस्टर्व हुन्छ तव मात्र यो निलो रिंग देखिन्छ । उक्त अक्टोपस रातमा एक्टिभ हुन्छ । उक्त अक्टोपसले टोकेमा १० मिनेट भित्र मानिसलाई सास लिन गाह्रो हुन्छ र तुरुन्तै अस्पताल नलगे मृत्यु हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस