गोर्खाली खवर,
गाजियावाद जिल्लाको मोदीनगरमा शिवपुरी कोलोनीवाट ६ महिना अगाडी कार चोरी भएको थियो । उक्त कार एक शिपाहीले रंग परिवर्तन गरि प्रयोग गरिरहेको पाईएको छ ।
पिडितको धेरै प्रयास पछि कार वरामद त भयो तर पुलिस प्रशासनमा हंगामा मच्चियो । पुलिसले दुई दिन अगाडी कार वरामद भएको देखाएर एक वदमाशलाई गिरफ्तार गरेको छ ।
एसएसपीले सिपाहीलाई सस्पेंड गरि जाँचवुझको लागि सीओ अभय कुमारलाई जिम्मा दिएको छ । गौरव कुमार मोदीनगरको शिवपुरी कोलोनीमा परिवार सहित वसोवास गर्छन् । गत अक्टोवरमा उनको कार चोरी भएको थियो ।
पिडितले एक युवकको माथि शंका गरी मोदीनगर थानमा रिपोर्ट दर्ताको प्रयोस गरेका थिए । २० दिन थानको चक्कर काटे पछि वल्ल रिपोर्ट दर्ता भएको थियो । रिपोर्ट दर्ता भए पनि प्रहरीले कार वरामद गर्न सकेको थिएन । पुलिसको केही मद्दद नगरे पछि उक्त युवकले आफै कार खोज्न शुरु गरे ।
गौरवले तिन दिन अघी कार वरामद गरी प्रहरीलाई सुचित गरेको थियो । गौरवको आरोप छ की चोरी हुने वित्तिकै प्रहरीले कार र स्कूटीको साथ एक मानिसलाई गिरफ्तार गरेको थियो । पुलिसले उक्त चोरले स्कूटी मात्र चोरेको देखाएर जेल पठायो । तर कार एक सिपाही आफैले राख्यो ।
गौरव भन्छन्, त्यो सिपाहीले कारको रंग मात्र परिवर्तन गरेन नम्वर प्लेट पनि परिवर्तन गर्यो । उक्त सिपाहीलाई सस्पेन्ड गरी सीओ अभयलाई जाँचवुझको जिम्मा दिएको छ ।