वच्चाको उपचारको लागि १ मिलियन डलर भन्दा वढि चन्दा संकलन

एजेलिया डाईमण्ड केल जव आठ महिना भएकी थिईन तव उनलाई लुकेमिया भएको पत्ता लाग्यो । थोरै पैसाले उक्त रोगको उपचार सम्भव थिएन । हामी निरास भएका थियौं । वच्चाको अभिभावक एस्ले केन भन्छन् । पछि हामीले आफ्नो वच्चाको उपचारको लागि चन्दा अभियान शुरु गर्यौं ।

आज हामी १ मिलियल डलर भन्दा वढी हाम्रो वच्चाको उपचारको लागि चन्दा प्राप्त गर्न सक्षम भयौं । उक्त वच्चाको आमावावुले एकदम खुशी लागेको प्रतिक्रिया दिएका छन् ।तीन चोटीको किमोथेरामी र हड्डीको प्रत्यारोपण पछि हाम्रो वच्चा पूर्ण रुपमा ठिक हुनेछिन् ।

अव हामी एजेलियाको जिवन रक्षाको लागि सिंगापुर प्ुगेर कार–टि थेरापी प्लस गराउने छौं । यो विशेषरुपमा व्यक्तिगत विरामीहरुको लागि विकसित गरिएको हुन्छ र तिनीहरुको प्रतिरक्षा प्रणाली कोशिकालाई पुन प्रोग्राममा समावेश गर्दछ । यो क्यान्सर लक्षित उपचार प्रविधि हो । न्युनेटन परिवारको अपिल सोशल मिडियामा व्यापक रुपमा सेयर गरिएको थियो । त्यसैले पनि सोमवारसम्म १.४ मिलियन डलर सहयोग मिलेको छ ।

अनामनगरमा चौबिसै घण्टा पानी

काठमाडौँ, चैत १७ गते । अनामनगरमा चौबिसै घण्टा पानी दिन थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भन्नुुभयो, “चौबिसै घण्टा पानी छोड्दाको अवस्थाको पहिचान गर्न अनामनगर क्षेत्रमा परीक्षण गरिएको हो, अहिले त्यहाँ पानी वितरण गरिरहेका छौँ, यो केही समय निरन्तर गर्छौं ।”

मेलम्चीपछि याङ्ग्री र लार्के खोलाको पानी आएपछि चौबिसै घण्टा पानी छोड्दा पर्ने प्रभाव मूल्याङ्कन गर्न अहिलेदेखि परीक्षण गरिएको उहाँले स्पष्ट पार्नुभयो । मेलम्चीको पानी दैनिक दुईदेखि छ घण्टाको तालिका बनाएर वितरण गर्न थालिएको छ । सुन्दरीजलबाट महाँकालको पोखरीमा आएको पानीलाई विभिन्न वितरण शाखामार्फत वितरण भइरहेको केयूकेएलले जनाएको छ ।

सोमबार बिहान भोटाहिटी, इबहाल, कमलाछी, असन क्षेत्रमा पानी वितरण गरियो । १० बजेदेखि ४ बजेसम्म पुरानो बानेश्वर, भीमसेनगोला, सिनामङ्गल, मिलनचोक, सङ्गमचोक क्षेत्रमा वितरण भएको थियो । राति १० बजे पुतलीसडक, डिल्लीबजार, त्रिपुरेश्वर क्षेत्रमा वितरण भएको छ । परीक्षणका रूपमा पुरानै पाइपलाइनबाट वितरण भइरहेको छ ।

आज शङ्खमूल रोडको पूर्वीक्षेत्र, बुद्धनगर, अनामनगरलगायतका क्षेत्रमा वितरण हुने छ । केयूकेएलले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गरेको छ । पहिलो चरणमा चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस