आफ्नो दुलाहासँगै दुलही कार चलाई हाँसी हाँसी पुगे ससुराल, न रोई न दुखि नै भइन् !!

गोर्खाली खवर, साधारणतया विवाहमा दुलही विदाईको समयमा आफ्नो आमावावुसँग अंगालो मारेर धेरै रोएर छुटिनु नै गाह्रो मान्छन् । तर कोलकत्तामा भएको एउटा विवाहमा जे देखियो अनौठो लाग्ने थियो ।

विदाई पछि दुलही आफै कारको ड्राइवर सिटमा वसि ड्राइभ गर्दै, हाँस्दै, मुस्कुराउँदै आफ्नो पतिको साथ ससुराल पुगे । यो वेला उनको पति अगाडिको सिटमा वसेको थियो । उक्त भिडियो सोशल मिडियामा भाईरल भइरहेको छ ।

सोशल मिडियामा उक्त भिडियोले धेरै लाईक पाएको छ । रुढीवादी परम्परा तोड्ने उक्त दुलहीको मानिसहरुले धेरै तारिफ गरिरहेको छ । भाइरल भिडियोलाई शेफ स्नेहा सिंघीद्वारा इन्स्टाग्राममा शेयर गरेकी थिईन् ।

दुलही पनि उनि नै हुन् । भिडियोलाई सार्वजनिक गर्दै उनले यो वास्तवमै रमाइलो थियो भनि लेखेकी छिन् ।स्नेहाले उक्त भाइरल भिडियो निडर, मजवुत र प्रेरणादायी महिलाहरुमा समर्पित गरेकि छिन् । भिडियोलाई शेयर गरे पश्चात अहिलेसम्म ३.३ मिलियन भन्दा वढिले हेरिसकेका छन् र २ लाख भन्दा वढि लाईक मिलेको छ ।

प्रतिक्रिया दिनुहोस