मनसुख हिरेनको मृत्यु र पाँच रुमाल, ठुलो षडयन्त्रको गन्ध !!!

गोर्खाली खवर,

मुम्वइमा मुकेश अम्वानीको घर एंटीलियाको वाहिर भेटिएको शंकास्पद स्कोर्पियो कारको विषय शंकास्पद हुँदै गरिरहेको छ । यसले मनसुख हिरेनको मृत्युको कारण अरु जटिल वनेको छ ।

हिरेनको शरिरको जाँचको शिलशिलामा उनको मुखवाट ५ वटा रुमाल निस्केको थियो । उनको लास एउटा नालीवाट निकालिएको थियो । उनलाई उक्त भेटिएको शंकास्पद कारको मालिक भनिएको छ ।

प्रारम्भिक जाँचमा पुलिसले मनसुखको मृत्यू आत्महत्यावाट भएको वताएको थियो । तर मुखवाट निस्केको ५ वटा रुमालवाट अर्कै तिर इशारा गरिरहेको छ ।

ठानेमा वसोवास गर्ने मनसुख अटोमोवाईलको पार्ट्स्को व्यापार गर्थे । शुक्रवार शंकास्पद अवस्थामा नालीमा उनको लास भेटिएको थियो । उनको परिवारको आरोप छ की उनलाई मारेर पानीमा डुवाएको हो ।

परिवार भन्छ, मनसुखलाई पौडी खेल्न आउँथ्यो र उसले पानीमा गएर आत्महत्या गर्न सक्दैन । लासको मुखमा भेटिएको पाँचवटा रुमालले पनि यहि संकेत गर्छ कि यो कसैको ठुलो षडयन्त्र हो । पोष्टमार्टमवाट खुल्ने नै छ कि उनको मृत्यु कसरि भयो ।

 

प्रतिक्रिया दिनुहोस