प्रियंका आँफैले तस्विर सेयर गर्दै भनिन् ‘हो म साँच्चिकै गर्भवती छु’

काठमाडौँ । गत वर्ष वैबाहिक बन्धनमा बँधिएकी लोकप्रिय नायिका प्रियंका कार्की आमा बन्दैछिन् । प्रियंका गर्भवती बनेको चर्चा केही समय अघिदेखि सामाजिक संजालमा चलेसँगै विभिन्न मिडियामा उनको समाचार आएको केही समयमा नै प्रियंकाले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आँफु साँच्चिकै गर्भवती भएको बताएकी छिन् ।

प्रियङ्काले सामाजिक सञ्जालमा एक होली मनाएको तस्बिर पोस्ट गरेसँगै उनको बढेको पेटले गर्भवती भएको पुष्टि हुन्थ्यो ।उक्त तस्विर भाइरल बनेसँगै फेरी प्रियंकाले शुक्रबार आफ्ना फ्यानहरुको जिज्ञासालाई खुशीमा परिणत गर्दै आँफु

साँच्चिकै गर्भवती नै भएको भन्दै पति आयुष्मानसँगका २ वटा तस्विर फेरी सेयर गरेकी छिन् । आफ्नो र श्रीमान आयुष्मान देशराजको तस्बिर राख्दै ‘हामी गर्भवती र्छौँ’ भन्दै उनले पोस्ट गरिन् । आफ्नो शुभचिन्तकलाई दिएको यो खबरले यतिबेला समाजिक सञ्जाल तातिएको छ ।

बच्चाहरुको नाम राख्ने बेला भुलेर पनि नगर्नुहोस् यी ८ गल्ती, नत्र जिन्दगीभर रहनेछ पछुतो
काठमाडौँ । अविभावकहरुलाई बच्चाको नाम राख्न धेरै गाह्रो हुन्छ, किनभने सम्पूर्ण जीवनमा ऊ उक्त नामले चिनिन्छ र बच्चाको नामले नै व्यक्तित्व झल्किन्छ।कुनै बच्चाहरुको नाम यस्तो हुन्छ कि मानिसहरुले उक्त नामलाई लिएर बच्चाको मजाक उडाउछन्। कुनै बच्चाको नाम उच्चारण गर्न समस्या हुने हुन्छ जसले गर्दा उक्त बच्चा अरुको अगाडी आफ्नो परीचय दिन अफ्ट्यारो मान्छ। यदि तपाईको घरमा पनि बच्चाको नाम राक्नु पर्ने छ भने उसको नाम राख्दा यस्ता गल्तिहरु नगर्नुहोस्।

१.स्थानको नाम
बच्चाको नामाकरण गर्दा कुनै ठाउँ वा शहरहरुको नाम नराख्नुहोस्। मानिसहरुले बच्चाको नाम कुनै स्थानको नाम राख्दिन्छन् जसको कारण उनीहरुलाई पछि समस्या हुन्छ। त्यसैले बच्चाको नाम राख्दा कुनै ठाउँको नाम नराख्नुहोस्।

२. उच्चारण गर्न गाह्रो हुने नाम
बच्चाहरुको नाम यस्तो राख्नुहोस् जुन उच्चारण गर्न सजिलो होस्। सौरभ, सुमन, मङ्गल जस्ता नाम बोल्न सजिलो हुन्छ। तर सारस्‍वत, कुलश्रेष्‍ठ, याज्ञवल्‍क्‍य आदि नाम उच्‍चारण गर्न समस्या हुन्छ र बच्चाहरु यी नामले अरुको अगाडी आफ्नो परीचय गर्न लजाउछन्। त्यसैले बच्चाको नाम सामान्य र सरलै उच्‍चारण गर्न सकिने नाम राख्नुहोस्।

३. नामको एक शाब्दिक अर्थ भएको
नामकरणको समयमा तपाई जुन नाम राख्नु हुन्छ त्यसको राम्रो अर्थ पनि हुनुपर्छ। तपाईले आफ्नो बच्चाको नाम राख्ने समयमा अचम्मको अर्थ लाग्ने नाम नराख्नुहोस्। यस्तो अचम्मको अर्थ लाग्ने नाम राख्नाले मान्छेले बच्चाको नामको अर्थलाई लिएर मजाक उडाउनेछन्। अर्थपूर्ण नामले बच्चा प्रति मानिसहरुको मनोवृत्ति पनि सकारात्मक हुन्छ।

 

प्रतिक्रिया दिनुहोस