राज्यले मात्रै होईन् दैवले पनि ठ`ग्यो गुल्मीका शिवलाई !

गुल्मी । अहिले सत्तास्वा`र्थका लागि केन्द्रमा राजनीतिक वि`वाद उ`त्कर्षमा छ । विगतमा मत माग्दा जनतासामु गरेका प्रतिवद्धता बिर्सेर नेताहरु पदकै निम्ति प्रतिस्पर्धा गरिरहेका छन् ।

केन्द्रपछि नागरिकको आश स्थानीय सरकार हो । जसबाट तत्काल आइपर्ने साना–साना स`मस्या समाधान गर्न सकिन्छ । तर अहिले वि`पन्न नागरिकको पक्षमा स्थानीय सरकार पनि निष्क्रिय हुँदा नागरिकमा दल र सरकारप्रतिको विश्वास हराउँदै गएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका ४ दिगाम सिनचौरका ३७ बर्षीया शिव परियार विगत ६ बर्षदेखि बाँसले बारेको छा`प्रोमा छन् । स्थानीय तह र प्रदेश तथा संघीय निर्वाचनमा दलका उम्मेद्धवार तथा पार्टीका नेता–कार्यक्रताले घर बनाइदिने आश्वासन दिएर भोट भागे । आश्वासनमा परेर शिवले भोट दिए ।

तर शिवको घर बनाइदिने आश्वासन अहिले भने बिर्सिएका छन् । ‘निर्वाचनताका घर बनाउन सहयोग गर्ने आश्वासन पाएको हुँ ।’ शिवले भने, ‘भोट दिनेले जितेर पनि गए, तर मेरो स`मस्याप्रति ग`म्भिर भएनन् ।’ स्थानीय तहको निर्वाचनपछि छत्रकोेट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र वडाध्यक्ष डिल्लिराम न्यौपाने उनको घरमै पुगि फोटा पनि खिचेर घर बनाइदिने आश्वासन दिएको पनि उनी बताउँछन् ।

‘गाउँपालिका र वडाध्यक्षले हुन्छ भन्दै आश्वासन दिनुभएको थियो ।’ उनले भने, ‘तर अहिलेसम्म घर बनाउने कुराको कुनै टु`ङ्गो छैन ।’ बाँसले बारेको छा`प्रोमुनि गु`जारा गर्नुपर्दा बर्षायामको समयमा पानी चु`हिएर निदाउनै नसकिने तथा हिउँदको समयमा आ`गला`गीको ड`र भएको उनले सुनाए । उक्त छाप्रोमा शिवसहित उनकी आमा, एक छोरा र एक छोरी गरी चार जनाको परिवार बस्दै आएका छन् ।

यसबीचमा संचालन भएको जनता आवास कार्यक्रममा पनि आफु छनोटमा नपरेको उनको गुनासो छ । नेपालको संविधानको भाग २, धारा ३७ को उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने कुरा उल्लेख गरिएपनि गुल्मी छत्रकोटका शिवले भने उक्त अधिकार प्रयोग गर्न पाएका छैनन् । सोही वडाका वडाध्यक्ष डिल्लिराज न्यौपानेले राजनीति गर्नेले मागेको कुरा दिन्नौं भन्न नसकेर आश्वासन दिएको प्रतिक्रिया दिए ।

शिवको घर र घरको आर्थिक अवस्था ना`जुक रहेको आफुलाई जानकारी हुँदाहुँदै पनि कार्यविधिले गर्दा उनको घर बनाउन नसकिएको न्यौपानेको भनाई छ । ‘उनको खरे घर होइन्, बाँसले बारेको झु`पडि हो ।’ वडाध्यक्ष न्यौपानेले भने, ‘त्यस्तो परिवारलाई सहयोग गर्ने नीति कार्यविधिमा छैन ।’ एकपटक उपचार गर्न जाँदाको पाँच हजार भने कार्यविधिअनुसार गाउँपालिकाबाट दिएको र केही अवस्थामा आफुले पनि व्यक्तिगत रुपमा सहयोग गरेको उनले बताए ।

आमा पनि मा`नसि`क रो`गी

उनका बुबाका दुवटी श्रीमती हुन् । शिव कान्छीतिरका हुन् । ४० बर्षअघि आफन्तले भारतमा घरमा अर्की श्रीमती नभएको भन्दै शिवकी आमालाई कान्छी श्रीमतीको रुपमा बिहे गराइदिए । बिहे गरेर शिव जन्मेको दुई बर्षको हुँदा उनकी आमालाई सर्पले टो`क्यो । पाचँ बर्षको हुँदा आमा पा`गल भइन् । तीन बर्षपछि आमालाई ठिक भयो । तर शिव १२ बर्षको हुँदा आमा–आमा छु`टिए ।

आमाले शिवको मुख हेरेर बसिन् । तर बुबाले जेठी आमालाई लिएर बुटबल झरे । छुट्टिदाँ उनीहरुलाई पुरानो घर प¥यो । आठ बर्षपछि उक्त घर पनि भ`त्कियो । उनीहरु छिमेकी ध्रुव ज्ञवालीको गोठमा दुई बर्ष बसे । दुई बर्षपछि विविध कारणले गोठ पनि छोड्नुप-यो । त्यसपछि अकंलको छोराले टिन दिएर बाँसको छा`प्रोले बारेर अहिलेसम्म पनि छा`प्रोमै गुजारा चलाएका छन् ।

राज्यले मात्र होइन, दैवले पनि ठ`ग्यो

शिवलाई राज्यले मात्र होइन्, दैवले पनि ठ`गेको छ । उनले तम्घासमा तीन बर्षसम्म सिलाई सिकेका थिए । त्यसपछि उनी श्रीमती लिएर बुटबल झरे । बुटबलमा एक छोरा र एक छोरी जन्मिए । थप कमाई हुने आशले कालिगढ कामकै लागि उनी आफन्तको साथमा ०७६ फागुनमा काठमाडौ गए । काठमाडौंमा काम गर्ने कालिगढकी साहुनीले सच्चाईमा लगेर गइन् ।

सच्चाई भन्ने सबै कार्यक्रमको हो भनेर उनी कार्यक्रममा पनि गए । तर उक्त कार्यक्रम क्रिश्चियन धर्मको रहेछ । उनले पछि थाहा पाए र उनी पा`ग`ल भए । त्यत्तिबेला लकडाउन भएकोले पनि उनलाई उपचारमा गा`ह्रो भयो । आफन्तहरुले ब`ल्लत`ल्ल अस्पताल पु-याए । २० दिनको अस्पताल बसाईपछि उनी निको भएको आशमा औषधी नलिइकनै बुटबल फर्के ।

उनी बुटबल आएलगत्तै श्रीमतीसँग झ`ग`डा सुरु भयो । त्यत्तिबेला श्रीमतीले टा`उकोमा हा`नेको चो`ट अझै छ । उनले हानेको कारण टा`उकाको अ`प्रे`श`न गर्नुपर्ने छ । अ`प्रे`श`न गर्दा दुई लाख खर्च लाग्ने भएपनि रकम अभावमा उपचार गर्न नसकेको शिव बताउँछन् ।

दुई महिना पछाडी बि`रामी, सात लाख खर्च

शिव उपचार गराएपछि बुटबल फर्किए लगत्तै श्रीमतीले छोरी माइत पठाएर आफु हिँडिन् । शिवले छोरालाई लिएर घर फर्किए । घर फर्किएको दुई महिनापछि पुन: मा`नसि`क समस्या भयो । बिरामी भइसकेपछि आफन्तले पाल्पा लगे । पाल्पा पनि नभएपनि थप उपचारको लागि काठमाडौं लगे । काठमाडौंमा करिब सात लाख खर्च भयो ।

‘ऋ`णधन गरेर आफन्तले औषधी गराए, ऋ`ण तिर्न अझै बाँकी छ ।’ उनले भने, ‘भाग्यले नै ठ`गेपछि कसको के लाग्छ र ?’ अहिले घरमा उनकी ६० बषिय आमासहित तीन बर्षीय छोरा आयुस र ६ बर्षकी छोरी आयुसा छन् । शिव आफैंलाई पनि मासिक चार हजारको औषधी खानुपर्छ । ‘कहिलेकाही त औषधी खाने रकम समेत हुँदैन, बिहान बेलुका छाक टार्न पनि समस्या हुन्छ ।’

शिवले भ`क्कानिँदै भने, ‘एकमाथि अर्को समस्या थपिदा छोराछोरीलाई राम्रो शिक्षा पनि दिन पाएको छैन ।’ आफुलाई राम्रो घर बनाउने र छोराछोरीलाई राम्ररी पढाउने इच्छ्या रहेको उनले बताए । त्यसको लागि उनले सबैसँग सहयोगको आशा पनि गरेका छन् । कोही कसैले शिवको परिवारलाई सहयोग गर्न चाहे शाइन रेसुङ्गा विकास बैंकमा रहेको खाता नम्बर ००१००७०००९७३२३०००००१ अथवा ९८५७०४९३३३ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस