बालबालिकालाई ‘मेकअप’ गराएर टिकटक नबनाउनु भएको छ ? सावधान ! देखिन सक्छन यस्ता गम्भीर समस्या

काठमाडौं

छोराछोरीहरू शृंगार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन रु त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ ।अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिकजसो टिकटक तयार पार्ने गरेका छन् । जसका कारण उनीहरूको छालासम्बन्धी विभिन्न रोग आउने तथा आत्मविश्वास हराउने विशेषज्ञहरूको चे’तावनी छ ।

पार्वती कार्की टिकटककी पारखी हुन् । उनले बन्दाबन्दीको समयमा आफ्नी ८ वर्षकी छोरीलाई हरेक दिन मेकअप गरी टिकटक बनाउँथिन् । उनी भन्छिन्, ‘मेकअप गर्दा आफैंले प्रयोग गर्ने सौन्दर्य सामग्री छोरीलाई पनि प्रयोग गर्ने गर्थें । केही दिनपछि त छोरीको अनुहारभरि रातो–रातो बिमिरा आउन थाल्यो । यसले समस्या देखिन थाल्यो ।’

यता कर्म श्रेष्ठको समस्या पनि उस्तै छ । ‘छोरीको तस्वीर खिचेर चाडपर्वमा शृंगार गरियो अहिले विद्यालय पनि विना मेकअप जान मान्दिनन्,’ श्रेष्ठ थप्छन्, ‘विना मेकअप नराम्रो देखिन्छ र साथीहरूले नराम्रो भन्छन् भनेर कहीँ पनि जान मान्दिनन् ।

विना मेकअप त आत्मविश्वास नै हराएको अनुभव हुन्छ ।’छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा। धर्मेन्द्र कर्णका अनुसार छाला, कपाल र नङका लागि प्रयोग गरिने सौन्दर्य सामग्री हुन्छन् ।

सबैभन्दा हा’निकारक नङ र रौंका लागि प्रयोग गरिने सौन्दर्य सामग्री हुन् । ‘नङ र रौंमा प्रयोग गरिने सौन्दर्य सामग्रीमा छालालाई हानि गर्ने रासायनिक तत्त्वहरू मिसाइएको हुन्छ ।

डा। कर्ण भन्छन्, ‘जसका कारण नेल पलिस र हेयर कलर लगाउँदा धेरैलाई एल’र्जी हुन्छ । झन् यस्ता सौन्दर्य सामग्री बालबालिकाको हकमा त झनै हा’निकारक हुन्छ ।’ ओठमा लगाउने लिपिस्टिकमा पनि कडा केमिकल प्रयोग गरिने भएकाले यसको प्रयोगबाट बच्चालाई टाढा राख्नुपर्ने उनले बताए ।जनस्वास्थ्य तथा पोषणविद् डा।

अरुणा उप्रेतीको अर्थमा यो अभिभावकको महामूर्खता हो । बालबालिकालाई मात्र नभएर ‘कस्मेटिक्स’ कसैका लागि पनि लाभदायक नभएको उनी बताउँछिन् । बालिकालाई अनुहारमा गोरो बनाइने क्रिम, ओठमा रङ्गीचङ्गी लिपिस्टिक, गालामा टिलिक्क टल्किने रोज, आँखामा बजारिया गाजल लगाइदिनु भनेको उनीहरूको भविष्य अन्धकारमा धकेल्नु हो ।

प्रतिक्रिया दिनुहोस