पाथीभरा माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्य कमजोर रहनाले पढाइ लेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सवारीमा सावधानी अपनाउनु होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
लाभ हुने कामका सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा पुर्याउला । बाध्यताले अलमल्याउन सक्छ । कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ । तर मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । आँटेका काम तत्काल सम्पादन हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ । मेहनत अनुसार फाइदा कमै होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यापारमा मनग्य फाइदा हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । परिवारजनबाट टाढिनुपर्ला । अरूले फसाउन सक्छन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । आफ्नै कमजोरीले विवादमा परिनेछ । उपचारमा खर्च हुने योग छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
हुलमुलमा धन माल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रयत्न गर्दागर्दै सफलता हात लाग्ला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस