गोर्खाली खवर,
एजेन्सी, २४ चैत्र । धर्तीमा धेरै प्रकारका वोट विरुवा पाईन्छ । जस्को आ–आफ्नै किसिमको गुण अवगुण हुने गर्दछ । तर संसारमा यस्ता पनि वोटविरुवा छन्, जुन कोव्रा भन्दा पनि वढी विषालु छन् । जसलाई छुँदा मात्र पनि मानिसको मृत्यू हुन सक्छ ।
त्यसो त वोटविरुवाले प्रकृति साथसाथै हामीलाई पनि धेरै फाइदा दिने हुन्छ । तर कूनै विरुवा हाम्रो लागि खतरनाक हुन्छ । यस्तै वोटविरुवाहरुमा जाइन्ट होगविड जुन “किलर ट्रि” को नामवाट प्रशिद्ध छ ।
वैज्ञानिकको अनुसार यो गाँजरको प्रजातीको वोट हो । यसको साइन्टीफीक नाम हेरकिलम मेटागेजिएनम हो । त्यसो त यो विरुवा हेर्दा ज्यादै सुन्दर देखिन्छ । तर वोट छुँदा मात्र पनि हातमा फोका आउने हुन्छ । ४८ घण्टा भित्र शरिरमा असर देखिन शुरु हुन्छ ।
जानकारीको अनुसार यो विरुवाको अधिकत लम्वाई १४ फिट हुन्छ । यसलाई छुने व्यक्तिको समयमै उपचार भए पनि निको हुन कयौं वर्ष लाग्न सक्छ किनकी अहिलेसम्म यसको कुनै सटिक उपचार र औषधी नै छैन ।
उक्त वोट प्रायजसो न्यूयोर्क, पेनसेल्वेनिया, ओहियो, मेरील्याण्ड, वाशिंगटन, मिशिगन र हेम्पशायरमा पाईएको छ । यो ठाउँमा मानिसहरु हातमा पन्जा लगाएर मात्र उक्त विरुवाको काँटछाँट गर्छन् ।
जाइन्ट होगविडको भित्र सेंसआइजिंग पूरानोकोमारिस नामक रसायन पाउने गर्दछ । जसले यसलाई खतरनाक वनाउँछ । यो वोटले वातावरणमा भएको अक्सिजन र कार्वनडाईअक्साइडलाई व्यालेन्स गर्ने काममा अहम भूमिका निभाउँछ ।