आफ्नो छोरी जन्मे पछी जय भानुशाली–माही विजले धर्मपुत्रपुत्रि त्यागे !!!

गोर्खाली खवर, एजेन्सी, २२ चैत्र । सोशल मिडिया यूजर्सले माही र जयले आफ्नो छोरीको जन्म पछि खुशी र राजविरलाई छोडेको आरोप लगाएका छन् । गोद लिएको वच्चाहरुलाई ध्यान नदिएको भनिएको छ । यस्ता आरोपहरुको खवर आएपछि माहि र जयले सोशल मिडियामा एक ओपन लेटरवाट सवैलाई कडा जवाफ दिएका छन् । यस लेटरमा जय र माहीले हामी तीनै जना वच्चाको मातापिता हौं भनिएको छ ।

टीभी कपल माही विज र जय भानुशालीले २०१७ मा घरमा काम गर्ने आईमाइको दुई वच्चाहरु खुशी र राजवीरलाई धर्मपुत्रपुत्रीको रुपमा स्विकारेका थिए । २०१९ मा उनिहरुको एउटी छोरी ताराको जन्म भए पछि खुशी र राजविरलाई वास्ता नगरेको कुरा आईरहेको थियो ।

एकचोटी एयरपोर्टमा माही र जयलाई ताराको साथमा मात्र देखेको तर त्यहा खुशी र राजविर नभएको कारण पनि उनिहरुलाई यस्तो आरोप लागेको हो । हुन त जय र माहीले यसको कडा जवाफ दिई सकेको छ । उक्त लेटरमा धेरै मानिसहरुले हामी माथि आरोप लगाईरहेका छन् तर त्यसमा सत्यता छैन ।

हामी माता पिता हौं । फास्टर मातापिता पनि हौं । हाम्रा तीनै जना वच्चाहरुको लागि हामी नै राम्रा निर्णयहरु लिनेछौं भनिएको छ । हाल खुशी र राजविर असली मातापिताको साथ मुम्वइमा वसिरहेका छन् । दुई वच्चाको लागि दुइवटा घर भएको पनि वताएको छ । जहाँ दिवाली, दशैं एक साथ मनाउने गरिएको पनि वताएको छ । अन्तमा लेखिएको छ हामी राम्रो कर्म गर्न सकौं, कृपया हाम्रो वच्चाहरुलाई आशिर्वाद दिनुहोला ।

प्रतिक्रिया दिनुहोस