अर्वपती एलन मस्ककी गर्लफ्रेन्ड ग्रिम्स्को मंगलग्रहमा मर्न चाहेको आश्चर्यलाग्दो इच्छा !!!

गोर्खाली खवर,

एजेन्सी, २४ चैत्र । दुनियाँको केही अर्वपतिहरुमा एक शुमार स्पेस एक्स कम्पनीको मालिक एलन मस्ककी गर्लफ्रेन्ड ग्रिम्सले आफ्नो अजिव ईच्छा व्यक्त गरेकी छिन् । ग्रिम्स आफ्नो प्रेमी जस्तै मंगल ग्रहमा वस्ने सपना देखिरहन्छिन् ।

ग्रिम्सले सोशल मिडियामा मंगल ग्रहमा देह त्यागको लागि तैयार छु भनेकि छिन् । ग्रिम्सको उक्त भनाई यस्तो समयमा आएको छ कि अर्वपति एलन मस्क मंगल ग्रहमा जानको लागि स्टारशिप रकेटवाट लगातार ३ चोटी असफल प्रयास गरिसकेका छन् ।

सिंगर ग्रिम्स र एलन मस्कको एक छोरा पनि छ । ग्रिम्सले आफ्नो इन्स्टाग्राममा मंगलग्रहको रातोधुलोमा मर्नको लागि तैयार छु भनि लेखेकी छिन् । यो भन्दा अगाडी पनि एक प्रश्नको जवाफमा ५० वर्षको उमेरमा मंगल ग्रहमा जाने चाहना भएको किन भने त्यहाँ मानिस वस्नको लागि मद्दत गर्न सकुँ भन्ने जवाफ दिएकी थिईन् ।

एलन मस्कले तेश्रो विश्व युद्ध भन्दा पहिला मंगलग्रहमा वस्ति वसाउने घोषणा गरेका थिए । मस्कले एक पछि अर्को गरि ३ वटा रकेट प्रक्षपण गरिसकेका छन् । उनका प्रयासमा झट्का लागि रहेकै छ । किनकी ति रकेटहरुले लक्ष अनुरुप काम गर्न सकेन ।

 

प्रतिक्रिया दिनुहोस