आज बढ्याे सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं – मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो ।सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको

मूल्य आज बढेर तोलाको ८७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ३५ रुपैंयामा कारोबार भइरहेको छ ।

खर्बुजाका खाँदा हुने यी ७ आश्चर्यजनक फाइदाबारे जान्नुहोस्
काठमाडौं – गर्मी मौसममा सजिलै पाइने फल हो खर्बुजा । खर्बुजामा ९२ प्रतिशत पानी हुन्छ । जसले हाम्रो शरीरमा आवश्यक पानिको मात्रा पुरा गर्छ ।

रसीलो र मिठो हुने खर्बुजामा भिटामिन ए र बी, एन्टिअक्सिडेन्टको साथै फोलिट एसिड र फाइबर पनि पाइन्छ । खर्बुजाको सेवन गर्ने व्यक्तिमा उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या हुँदैन ।

यी हुन् खर्बुजा खाँदाका फाइदा

छालालाई स्वस्थ – खर्बुजामा भिटामिन ए पाइने हुनाले यसले छालालाई स्वस्थ राख्न सहयोग गर्छ । शरीरका तन्तुहरु, छाला तथा रौंको बृद्धिको लागि पनि भिटामिन ए आवस्यक पर्छ ।

प्रशस्त पानी – खरबुजामा प्रशस्त पानी पाइन्छ । यसको सेवन गर्नाले शरीरबाट बाहिर जाने पानीलाई सन्तुलित गर्छ । यसमा ९२ प्रतिशत पानी र प्रसस्त मात्रामा खनिज हुन्छ ।

क्यान्सरबाट बचाउँने – खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले क्यान्सरबाट बचाउँछ । यसमा पाईने लाइकोपिन नामक तत्वले क्यान्स हुन पनि दिदैन ।

रक्तचाप नियन्त्रण – खर्बुजा सेवन गरेमा रक्तचाप पनि नियन्त्रण हुन्छ । खर्बुजा खाने ब्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी समस्या हुँदैन ।

दमको रोगबाट बचाउने – यसमा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ । जसले दम रोगी हुन दिदैन ।

पाचन प्रणाली – यसमा प्रशस्त पानी हुने हुनाले पाचन प्रणलीलाई सन्तुलित राख्छ ।

शरीरमा थकाइ – खर्बुजाको सेवनले शरीरमा थकाइको दुखाई कम गर्छ । चिल्लो पदार्थलाई सोस्ने कोलिन खर्बुजामा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस