गोर्खाली खवर,
एजेन्सी, २५ चैत्र । नासाले धर्ती तर्फ एउटा विशाल छुद्रग्रह एकदम तेज गतिका साथ अगाडी वढी रहेको जनाएको छ । उक्त एस्टोराईड आकारमा धेरै ठुलो भएकोले नासाको वैज्ञानिकहरु लगातार यसलाई हेरिरहेका छन् ।
वैज्ञानिकहरुको मुताविक उक्त एस्टोराईड मे ४ को दिन पृथ्वीको नजिकवाट गुज्रिने छ । नासाले यस एस्टोराईड ५८० मिटरको भएको र प्रति सेकेन्ड ९ किलोमिटरको रफ्तारले पृथ्वीको तर्फ आईरहेको जनाएको छ ।
उक्त छुद्रग्रह वैज्ञानिहरुले मार्च महिनामा पत्ता लगाएका थिए । यो छुद्रग्रह धेरै सानो भए पनि असिमित गतिका कारण धेरै खतरनाक भएको नासाका वैज्ञानिकहरुको दावी छ ।
वैज्ञानिकहरुको अनुसार यो एस्टोराईड पृथ्विवाट करिव ३४ लाख किमिको दुरीवाट गुज्रिन सक्ने वताएको छ । उक्त छुद्रग्रहलाई संभावित रुपमा खतरनाक क्याटागोरीमा राखिएको छ ।
नासाको अनुसार १०० वर्ष भित्र पृथ्विमा ठोकिन सक्ने सम्भावना भएका करिव २२ वटा छुद्रग्रह छन् ।