वलिउड एक्ट्रेस श्रद्धा कपुरले घरमा छिरेको गोरिल्लासँग गरी मस्त डान्स !!

गोर्खाली खवर, एजेन्सी, २६ चैत्र । वलिउडकी चुलवुली र सुन्दरी नायिका श्रद्धा कपुर हाल लगातार काममा विजी छिन् । हालैमा उनको नयाँ फिल्म “चालवाज इन लण्डन” को घोषणा भएको छ ।

यो फिल्म वाहेक श्रद्धा कपुर आफ्नो इन्स्टाग्राममा भएको भिडियोको कारण चर्चामा छिन् । उक्त भिडियोमा उनी एक गोरिल्लाको साथ मस्तिले डान्स गरिरहेको देख्न सकिन्छ । एक्ट्रेस श्रद्धा कपुर सोशल मिडियामा ज्यादै एक्टिभ रहन्छिन् । हालै उनले सेयर गरेको उक्त भिडियो देखेर फ्यान्स् दंग परेका छन् ।

किनकी उनको साथ एउटा खतरनाक गोरिल्ला देखिएको छ । जो सँग डराउनु पर्ने हो त्यसै सँग मस्तिले डान्स गरिरहेकी छिन् । उनको अमेजन प्राइम भिडियोमा एड्भेन्चर फिल्म हेलो चार्ली रिलिज हुन गईरहेको छ ।

यस्तोमा उक्त भिडियो त्यस फिल्मको प्रमोशनको लागि पनि हुन सक्छ । किनकी उक्त फिल्ममा गोरिल्ला टोटो र सिधासोझो चार्लीको मस्ति देख्न सकिन्छ ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने उनले चलवाल इन लंडनमा डवल रोल गर्दैछिन् । यो भन्दा वाहेक उनि निखिल द्विवेदीको नागिन मा एक इच्छाधारी नागिनको भुमिकामा देखिने छिन् ।

 

प्रतिक्रिया दिनुहोस