सोच्नै नसकिने गरी बढ्यो सुनको भाउ , तोलाको कति हेर्नुहोस

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । पछिल्लो केही दिन यता लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार पनि तोलामा ९ सय रुपैंयाले बढेर प्रतितोला ८९ हजार ९ सय मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८९ हजार रहेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाले बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैंया रहेको थियो ।

यी दूध बेच्ने किसानले दुध बेच्नको लागि किने हेलिकप्टर . .

काठमाडौं । दूध बेच्नकै लागि हेलिकप्टर खरिद गरेपछि भारतीय राज्य महाराष्ट्रस्थित भिवन्डीका किसान जनार्दन भोइरकाे निकै चर्चा भइरहेकाे जिन्युज इण्डियाले जनाएकाे छ ।उनी आफ्नो दूध व्यवसायको सिलसिलामा कयौंपटक राज्यभन्दा बाहिर जानुपर्ने भएकाेले धेरै स्थानमा सहज रुपमा पुग्नका लागि उनले हेलिकप्टर खरिद गरेको बताइएको छ ।

यद्यपी मानिसहरुले एउटा किसानले कसरी हेलिकप्टर किन्न सक्यो भनेर प्रश्न पनि गरिरहेकाे जिन्युज इण्डियाले जनाएकाे छ ।डेरी व्यापार तथा रियल स्टेटको व्यापारी भएकाले उनले हेलिकप्टर खरिद गरेको बताउँदै उनले डेरी व्यापारको सिलसिलामा प्राय पन्जाब, जुरात, हरियाणा, राजस्थान जस्तो ठाउँमा गइरहनु पर्ने भएकाेले हेलिकप्टरले उनको भ्रमणलाई निकै सहज बनाउने बताएका छन् ।उनले आफ्नो घर छेउमै हेलिप्याड पनि निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस