फिल्म आशिकीको सुपरहिट गित समीरले लेखेका थिए आफ्नो प्रेमको लागि ।

गोर्खाली खवर,

एजेन्सी, २७ चैत्र । फिल्म आशिकी साल १९९० मा रिलिज भएको थियो । यो एक रोमान्टिक ड्रामा फिल्म थियो जसलाई दर्शकले धेरै मनपरायो । यस सुपरहिट फिल्मको डाइरेक्टर थिए महेश भट्ट । यो फिल्म यति सफल हुनुमा यसको संगितको ठूलो हात छ । हामी यसको संगित पक्षलाई आजसम्म पनि भु्ल्न सकेका छैनौं ।

यस रोमान्टिक फिल्ममा राहुल राय तथा अनु अग्रवालले लिड रोल गरेका थिए । संगित नदीम–श्रवणको थियो । उदित नारायण, कुमार सानु, अनुराधा पौड्वाल र नितिन मुकेशले स्वर दिएका थिए । यि सव कलाकारहरु वाहेक समीरको नाम यहाँ लिन जरुरी छ किनकी उनको हातवाट नै यि सुपरहिट गीतहरु लेखिएको थियो ।

फिल्मको सवै भन्दा सुपरहिट गीत “नजर के सामने जिगर के पास कोइ रहता हे” को १९९१ मा वेस्ट सङ्गको फिल्मफेयर एवार्डवाट सम्मानित गरिएको थियो । यस गानाको वोल प्रेमिहरुमा आधारित छ र उनिहरुको सम्वन्ध वलियो वनाई राख्नको लागि साहस दिने खालको छ । उक्त गानाको केही शव्दमा दुःख लुकेर वसेको पाइन्छ ।

यो गाना रिलिज भए पछि जुन स्पिडमा सुपरहिट भयो उक्त कुरा गीत लेख्ने समीरको लागि आश्चर्य भन्दा कम थिएन् । भनिन्छ कि, यो गाना समीरले आफ्नो प्रेमको नाममा लेखेका थिए । धेरै कम मानिसहरुलाई मात्र थाहा छ कि समीरले आफ्नो प्रेमलाई याद गरी, आफ्नो सम्वन्धलाई याद गरी गीतहरुलाई लेख्ने गरेका थिए । “नजर के सामने जिगर के पास” त्यही गीतहरु मध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस