तपाईंमाथि केही अशुभ हुँदैछ ? यी जनावरले दिन्छन् यस्ता संकेत(जानिराखौ)

हुन त वैज्ञानिक आधार खासै देखिँदैन तरपनि भूकम्प आउनु अघि कुकुरले भुईं सुघ्दै दौडने, खोलाभित्र माछा उफ्रने लगायत संकेत देखिन्छ भन्ने मान्यता रहेको छ ।

यसबाहेक परापूर्वक कालदेखि जनावर, पशुपंक्षी लगायतले शुभ र अशुभ कुराको संकेत गर्ने विश्वास हिन्दूधर्मावलम्बिहरुले विशेषरुपमा गर्ने गरेका छन् । कुकुर, विरालो, फ्याउरो, काग लगायत जनावर तथा पशुपंक्षीहरुले पछि हुने कुराको संकेत गरिरहेका हुन्छन् भन्ने मान्यता नेपालमा रहेको छ ।

सामन्यतया बाटोमा हिँड्दा बिरालोले बाटो काट्यो भने अशुभ मान्ने गरिएको छ । कतै जान लाग्दा बिरालो वा न्याउरी मुसाले बाटो का’टेमा त्यो काम नबन्ने विश्वास आम रुपमा गर्ने गरिएको छ ।

त्यसैले यदी बिरालो न्याउरी मुसा, छेपारो आदीले बाटो काटेको देखेमा केही बेर कुर्ने र अर्को कोही गएपछि मात्र जाने नेपालीको संख्या अधिक मात्रामा रहेको छ । विशेषगरि सवारीसाधन प्रयोगकर्ताहरुले त यी जनावर वा जीवले बाटो काटेमा सवारी दु’र्घटना हुने भन्दै अगाडि बँढ्न संकोच मान्ने गरेका छन् ।

बिरालोले बाटो का’ट्नु, बिरालो रुनु र आपसमा झ’गडा गर्नु पनि अशुभ मानिन्छ । सामान्यता बिरालोको बाटो का’टेको अशुभ मानिन्छ। यदि बिरालोले यदि दाहिनेतिरबाट बाटो का’टेको छ भने बायाँ तर्फ जानु भयो भने बिरालोले बाटो का’टेको अशुभ मानिदैन।

तपाइँ कुनै शुभकार्यमा जाँदै हुनुहुन्छ र बिरोलो आफ्नो मुखमा मासुको टुक्डा लिएर उभिएको देखियो भने तपाइँको काम सफल हुन्छ। यदि सुतिरहेको व्यक्तिको टाउको बिरालोको चा’ट्यो भने यस्ता व्यक्ति सरकारी मामिलमा फस्न सक्छ। दिपावलीको रातमा घरमा बिरालो आउनु शुभ मानिन्छ।

यदी बिरालो न्याउरी मुसा लगायतले बाटो का’टेको दोष निवारणका लागि केही झारपात वा स्याउलालाई ढुंगाले थिचेर दोस पन्छाएर अघि बढ्ने चलन पनि रहेको छ । तर यसको कुनै वैज्ञानिक आधार र तथ्य भने पाँइदैन ।

त्यस्तै धर्मशास्त्र अनुसार, कुकुर रोयो भने आउने दिनमा केही अशुभ घट्ना घट्ने संकेत भन्ने बुझिन्छ । तर कुकुरहरु कहिलेकाँही आफ्नो पी’डाको र दुःखका कारण पनि रुने गर्छन् ।

कुकुर रो’एमा घर परिवार वा नजिकै कसैको मृ’त्यु हुने विश्वास गरिन्छ । कुकुर धेरै दिनसम्म लगातार एकोहोरो रोएको खण्डमा केही अशुभ समाचार सुन्नुपर्ने मत रहेको छ । तर यसको कुनै बैज्ञानिक कारण भने छैन ।

रि’सको झो’कमा कुकुरहरु ठूलो स्वरमा भुक्ने गर्दछन मूलत यिनीहरु धेरै रि’सालु भएका कारण आफ्नो रिस कम गर्न ठुलो स्वरले भुक्ने तथा रुने गर्दछन् । यतिमात्र होइन कुकुर एक्लै प¥यो भनेपनि पी’रले रुने कराउने गर्दछ ।

तर समाजमा कुकुरले दिने केही संकेतबारे विशेष ख्याल गर्ने गरिएको छ । जस्तै

कुकुरका केही यस्ता गतिविधि जसले हामीलाई भविष्यको बारेमा संकेत गर्छ । यस्तै कुकुरका केही गतिविधि हेरेर हामी सतर्क रहनुपर्छ ।

– कुकुर घरको दैलो वा गेट छेउमा आएर रुन थाल्छ भने अशुभको संकेत मानिन्छ । यस्तो गतिविधि देखाएमा घरमा दु’र्घटना तथा ठूला घट’ना हुने संकेत हो ।

– तपाई कतै शुभ कार्यमा जाँदै हुनुहुन्छ र कुकुर तपाईको अघि आएर कान फ’ड्काउँछ भने यो तपाई जुन कामको लागि जाँदै हुनुहुन्छ त्यो काम नहुने वा कुनै समस्या वा क’ष्टको सा’मना गर्नुपर्ने संकेत हो ।

– यदि तपाईको घरअगाडि कुकुरहरुले समूह बनाएर बस्छन् भने यो शुभ संकेत नहुने बताइन्छ । यो तपाईको घरभित्र नकारात्मक शक्ति, क’लह वा कुनै चिन्ताको संकेत हो भनिन्छ ।

– कुनै कामका लागि जान लाग्दा कुकुर जमिनमा पुरै जिउ फालेर सुतेमा यो यात्रामा क’ष्ट सामना गर्नुपर्ने संकेत हो । कतै जाँदा सावधान भएर हिड्नु पर्ने संकेत दिएको बुझिन्छ ।

– यदि कुकुरले तपाईको घरको जुत्ता–चप्पल चोरेर भाग्छ भने यो आर्थिक सं’कट तथा आर्थिक नो’क्सानीको संकेत मानिन्छ ।

– मध्यान्नको समयमा यदि कुकुर आकाशतिर फर्केर भुक्छ भने यो खडेरी र प्राकृतिक आपत्को संकेत हो भनिन्छ ।

– कुकुर आपसमा ल’डाई गरिरहे भने यो वि’वादको संकेत मानिन्छ । यस्तो अवस्थामा सोचेर मात्रै बोल्नुपर्छ भनिन्छ

कागबारे

विहानै काग घर नजिक आएर घरतर्फ फर्किएर वा कुनै व्यक्तितर्फ इंगित गर्दै कराएमा पनि अशुभ मान्ने गरिन्छ । कागले कराउँदा केही अशुभ समाचार दिएको मत राख्नेहरु पनि छन् ।

कागलाई यमराजको सूचना दिने पंक्षीको रुपमा हिन्दू धर्म शास्त्रमा व्याख्या गरिएका कारण पनि यस्तो मान्यता रहेको हुन्छ । तर यसको पनि कुनै वैज्ञानिक आधार भने छैन ।

कागले दिने शुभ र अशुभ संकेतबारे यस्तो मान्यता रहेको छ

१ काग समूहमा आएर घरको छतमा चिच्यएर कराउन थाले भने यसलाई अशुभ मानिन्छ । काग आपसमा झगडा गरेको पनि अशुभ नै मानिन्छ । यसले घर मालिकलाई सं’कट आउने संकेत गर्छ ।

२ उत्तर दिशामा दोपहर भन्दा अघि रुखमा बसेर कराएको पूर्व वा सुनियो भने यसले शुभ संकेत गर्छ । यसले दिन आर्थिकपमा लाभदायक हुने संकेत गर्छ । यसले स्त्री सुख पनि प्राप्त हुन सक्छ ।

३ काग छतमा बसेर दक्षिण तर्फ फर्केर करायो भने अशुभ मानिन्छ । यसले घरमा कसैको मृ’त्यु वा असाध्यै क’ष्टकर समस्याको सामाना गर्नु पर्ने संकेत गर्छ ।

४ कतै जाँदै गरेको समयमा कागले कुनै भाँडोमा पानी पिउँदै गरेको देखियो भने यो शुभ संकेत हो । यसले धन लाभ हुने संकेत दिन्छ । जुन काम थालेको हो त्यो सफल हुन्छ भन्ने संकेत समेत दिन्छ ।

५ कागले मुखमा रोटी वा मासुको टुक्रा लिएको अवस्थामा देखियो भने यो पनि शुभ संकेत हो । यसले तपाइँको इच्छा पुरा हुने संकेत गर्छ ।

६ कागले तपाइँको शरीरमा वि्ट्या’इदियो भने अशुभ मानिन्छ । यसलले मा’नसिक पी’डा सामाना गर्नु पर्ने संकेत गर्छ ।

७ कागले कुनै पनि ब्यक्तिको शीरमा बस्न खोज्यो वा बस्यो भने अशुभ मानिन्छ । यसले रोध वा धन ना’शको संकेत दिन्छ ।

८ विहानै काग उड्दै आएर खुट्टामा छोयो भने शुभ मानिन्छ । यसले जीवनमा उन्नतीको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस