अमेरिकाको राष्ट्रपति वन्न चाहन्छन् डव्लुडव्लुइ का रक, भन्छन् गर्वको कुरा हो ।

गोर्खाली खवर,

एजेन्सी, ३० चैत्र । डव्लुडव्लुइ मा आफ्नो रेस्लिङ्गको ठुलो स्थान हासिल गर्ने द रक एउटा चिनिएको नाम हो । रेस्लिङ्ग सहित केही फिल्महरुमा पनि आफ्नो परिचय वनाए ।

सवै फिल्महरुमा लिड हिरोको रोलमा खेलेका ड्वेन जोनसनका आत्मविश्वास नेक्स्ट लेभलमा देखिन्छ । हाल आएर उनले अमेरिकी राजनितिमा पाइला राख्ने विचार गरिरहेको वुझिएको छ ।

एक लेटेस्ट् सर्वेमा अमेरिकाको ४६ प्रतिशत जनता ड्वेन जोनसनलाई अमेरिकाको अव हुने राष्ट्रपतिको रुपमा देख्न चाहेको दावी गरिएको छ । जव यस सर्वेको सवै तिर चर्चा हुन लाग्यो तव स्वयम् जोनसनले प्रतिकृया दिए ।

उक्त प्रतिकृयावाट सवै फ्यान्स् मा उत्साह थपिएको छ । जोनसनले प्रतिकृयामा यदि म भविष्यमा अमेरिकी राष्ट्रपति भएँ भने गर्व महसुस गर्छु । तपाईहरुको सेवा गर्न पाउँदा मलाई राम्रो लाग्नेछ भनिएको छ ।

उनले जे प्रतिकृया दिए त्यो हेर्दा अव अमेरिकी राष्ट्रपति हुने चुनावी मैदानमा उनी कुद्न सक्ने देखिन्छ । यदि उनि राजनितिमा आयो भने अरु हलिउडका सेलिव्रेटिहरुले पनि मौका पाउन सक्छ । उक्त सर्वेमा अरु पनि प्रतिष्पर्धीहरु थिए तर धेरै भोट भने जोनसनले पाए । अव उनले यसवाट कसरी कति फाईदा लिन सक्छ भन्ने कुुरा हेर्न वाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस