भोजपुरी नायिका अक्षरा सिंहले सिकाईन ब्वाईफ्रेन्ड वदल्ने तरिका !! त्यसपछि भाइरल …..

गोर्खाली खवर, एजेन्सी, २९ चैत्र । भोजपुरी दिलको धडकन अक्षरा सिंह लाग्छ की उसले सवै केटाहरुलाई पाठ सिकाएरै छोड्छ, जसले केटाहरुको इमोशनसँग खेलवाड गरिरहन्छिन् । त्यही भएर अक्षराले आफ्नो र्याप गीत “ब्वाइफ्रेन्ड वदल्ने नयाँ तरिका” लिएर आएकी छिन्, जुन उनले आफ्नो यूट्यूव च्यानलमा रिलिज गरेकी छिन् ।

अक्षराको यो गाना रिलिजको साथ भाइरल नै भयो । केही घण्टामा नै १ लाख भ्यूज पाएको थियो । अक्षरा सिंहले आफ्नो र्याप गीतमा अलि रिसाहा देखिएकी छिन् र खासगरी केटीहरुसँग आफुलाई मनपर्ने ब्वाइफ्रेन्ड वनाउ र परिवर्तन पनि गर भनेकी छिन् । उक्त गीत केटीहरु माझ ज्यादै पपुलर भएको छ ।

अव अक्षराको ब्वाईफ्रेन्ड वदल्ने नयाँ तरिकावाट केटीहरुलाई के असर हुन्छ, हेर्न वाँकी नै छ । जे भए पनि उक्त गाना मानिसहरुले धेरै मनपराएको कारणले चार्टवस्टर हुने पक्का छ । यो गीत स्वयम् अक्षराले गायकी हुन् भने लिरिक्स सूरज सिंहको र म्यूजिक आशिष वर्माको हो । भिडियोका डाइरेक्टर पंकज सोनी हुन् ।

प्रतिक्रिया दिनुहोस