आफ्नो धोकेवाज ब्वाईफ्रेन्डलाई साथीको सहयोग लिएर होटेलमा रेड ह्याण्ड समाते !!

गोर्खाली खवर, एजेन्सी, २९ चैत्र । एक रिपोर्टको अनुसार क्यानाडामा वस्ने एक २४ वर्षकी जेड हिकले टिकटक र यूट्यूव भिडियोवाट आफ्नो ब्वाईफ्रेन्डलाई होटेलमा एक केटीको साथ रेड ह्याण्ड समातेको खुलाएकी छिन् । उनले आफ्नो एक्स् ब्वाईफ्रेन्डको साथ खिचेका केही तस्विरहरु पनि शेयर गरेकी छिन् । जेडको मुताविक पहिलो चोटी तव शंका लाग्यो जव उसले पूर्व गर्लफ्रेन्डलाई नियमित रुपमा मेसेज गर्न थाल्यो । उसले यो वारेमा आफ्नो साथीलाई वताईन् ।

अनि साथिले ब्वाईफ्रेन्डको वफादारीको टेस्ट लिन सुझाव र तरिका पनि वताईन् । यस पछि जेडको साथी हेले ले उक्त ब्वाईफ्रेन्डलाई मेसेज पठाउन सुरु गरे, विस्तारै कुरा गर्न शुरु गरे । पछि उक्त जेडको ब्वाईफ्रेन्डले हेलेसँग मिल्ने तरिका निकाल्न थाले । एक दिन जेडको ब्वाईफ्रेन्डले हेलेसँग मिल्नको लागि समय मागे र होटेलको रुम पनि वुक गरे । यता हेलेले यो सवै कुरा आफ्नो साथि जेडलाई भनिसकेकी थिईन् ।

त्यस पछि जेड आफ्नो वावु सहित होटलमा जान्छिन् । उसको व्वाईफ्रेन्डले वुक गरेको रुममा वाहिरवाट घण्टी वजाएपछि उसको ब्वाईफ्रेन्डले भित्रवाट ढोका खोल्छ र वाहिर उनिहरुलाई देख्दा उ छक्क पर्छ । आफ्नो ब्वाईफ्रेन्डलाई देखेपछि जेडले म तिम्रो गर्लफ्रेन्ड हुँ तिमी चै यहाँ अरु कसैलाई पर्खिरहेका छौ भन्छिन् । जेडको वावुले पनि कडा शव्दमा अव देखि जेडलाई भेट्ने कोशिस नगर्नु भने ।

जेडले त्यहाँ तोडफोडको स्थिति आउन सक्छ भन्ने अनुमान गरेकि थिइन् तर त्यस्तो केही नभएको कुरा भिडियोमा गरेकी छिन् र ब्वाईफ्रेन्डलाई सम्झाएर छोडी दिएको वताएकी छिन् । जेडले होटेल रुमको तस्विर सहित वावुसँगको आफ्नो तस्विर पनि शेयर गरेकी छिन् । जेडको उक्त कहानी मानिसहरुले खुवै मन पराएका छन् । भिडियोलाई धेरै लाईक र प्रतिकृयाहरु दिएका छन् । कतिले त जेडको वावुको प्रशंसा गरेर छोरीलाई साथ दिएकोमा धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस