महिला पत्रकारको आरोप “कैलाश खेर मेरो तिघ्रामा छुनलाई कोशिस गर्थे” !!

गोर्खाली खवर, एजेन्सी, २९ चैत्र । कैलाश खेरको वारेमा एउटा अचम्म लाग्दो खुलासा भएको छ । उक्त खुलासा जर्नलिस्ट तथा राईटर संध्या मेननले गरेकी हुन् । उक्त घटना संध्या स्वयम् माथि नघटेको तर मस्कटकी एक महिला पत्रकार माथि घटेको भनिएको छ ।

संध्या मेननले मस्कटकी एक महिला पत्रकारसँग कुरा भएको वेला उक्त मस्कटकी पत्रकारले आरोप लगाएको भनिएको छ । उक्त महिला पत्रकारले कैलाश खेरले आफ्नो तिघ्रामा छुन कोशिस गरेको भनेका छन् । संध्याले उक्त महिला पत्रकारसँग भएको च्याट पनि साझा गरेकी छिन् ।

मस्कटमा वस्ने एक पत्रकारले लेखेकि छिन्, मरो कैलाश खेरसँग मस्कटको एक वुटीकमा भेट भएको थियो । त्यहाँ मसँगै केही महिलाहरु, एक फोटोग्राफर र मेरो वोस थिए । हामी कैलाशको इन्टरभ्यू लिन त्यहाँ पुगेको थिएँ र मेरो दुभाग्य म कैलाशको नजिकै थिएँ । जव कैलाश कुरा गर्थे कुनै न कुनै वहानामा उ मेरो तिघ्रामा छुनको लागि कोशिस गर्थे । म ज्यादै असहज महसुस गरिरहेकी थिएँ ।

जव मैले मेरो वोसलाई यसको वारेमा वताएँ उनले हाँसोमा टारी दिए । मेरो वोसले मलाई ग्रुप फोटोमा आउनको लागि आग्रह गरे । कैलाश खेरले मलाई ग्रुप फोटोमा उसको नजिकै आउन भने तर मैले अस्विकार गरें । मलाई रिस र असहायको फीलिङ्ग भयो ।

प्रतिक्रिया दिनुहोस